बुधवार ११ आषाढ, २०७६ (Wednesday, 26th June 2019)
११ आषाढ, २०७६ (26 June 2019)

विप्लव समुहले विद्यालय बन्द गर्न धम्की दिएपछि बार्षिक परीक्षा प्रभावित

विमल हमाल
3 months ago

मुग । नेपाल कम्यूनिष्ट पाटी (विप्लव)ले आज गरेको नेपाल बन्दका कारण मुगु जिल्लाका विद्यालयहरुमा संचालित बार्षिक परीक्षा प्रभावित भएको छ ।

नेकपाको जिल्ला कमिटीले ३० गतेको बन्द सफल बनाउन भन्दै विद्यालयहरुमा संचालित परिक्षा र विद्यालय बन्द गर्न पत्रसहित धम्की दिएपछि विद्यालयहरुले परिक्षा संचालन गर्न नसकेका हुन ।

मुगु जिल्लामा रहेका चारवटै स्थानियतहहरुमा रहेका १४१ विद्यालयहरु मध्य खत्याड गाँउपालिका बाहेक अन्य ३ स्थानियतहहरुमा रहेका विद्यालयहरुमा गत २६ गतेबाट विद्यालय स्तरिय परिक्षा संचालित हुदै आएको छ ।

सोरु गाँउपालिका, मुगु मकार्मारोङ्ग गाँउपालिका र छायाँनाथ रारा नगरपालिकामा आज रहेका विद्यालयहरुमा नेकपाले पत्र र फोन गरेर बन्द गर्न धम्की दिएपछि परिक्षा संचालन हुन नसकेको आफलाई जानकारी आएको शिक्षा विकास तथा समन्वय ईकाई मुगुका प्रमुख सुर्य बहादुर खत्रीले बताए ।

बन्दका कारण बिहीबार परिक्षा दिन आउने विद्यार्थीहरुको उपस्थिती न्यून भएकोले आफुहरुले विद्यालय स्तरिय परिक्षा संचालन गर्न नसकेको सदरमुकाम गमगढीमा रहेको महाकालीन मुना माध्यामिक विद्यालयले जनाएको छ । कुनै विद्यालयले परिक्षा संचालन गरेमा प्रश्न पत्र बाहिरीने भएकाले पनि बिहीबारको परिक्षा संचालन हुन नसकेको हो ।

उता खत्याड गाँउपालिकामा रहेका संचारकर्मी सुमन मल्लले दिएको जानकारी अनुसार त्यहाँ पनि स्थानियतहका सबै कार्यालय र विद्यालयहरु र स्थानिय बजार पुर्ण रुपमा बन्द भएका छन् भने सोरु गाँउपालिकामा सरकारी कार्यालय र विद्यालयहरु पनि पुर्ण रुपमा बन्द भएको शिक्षक नवराज बुढाले जानकारी गराए ।

जिल्ला सदरमुकाममा रहेका बजार व्यापारिक पसल, विद्यालय, बैकिङ्ग र गैर सरकारी संघ सस्थाका कार्यालयहरु पनि पुर्ण रुपमा विहानैबाट बन्द रहेका छन ।

(Visited 18 times, 1 visits today)
Loading comments...