बुधवार ८ जेठ, २०७६ (Wednesday, 22nd May 2019)
८ जेठ, २०७६ (22 May 2019)

बाहुबली निर्देशकको फिल्ममा आलिया भट्ट

एजेन्सी
2 months ago
14/03/2019

मुम्बई । बाहुबली निर्देशक एसएस राजामौलीको नयाँ फिल्ममा आलिया भट्ट मुख्य भुमिकामा अनुबन्ध भएकी छिन् । तेलुगु फिल्म रामा रावणा राज्यको तयारीमा रहेका राजामौलीले यस फिल्ममा आलियाको साथै अजय देवगणलाई समेत अनुबन्ध गरेको जानकारी दिए ।

आरआरआर मुभीको ट्वीटर ह्याण्डलमा लेखिएको छ ‘वेलकम आलिया । हामी अत्यान्तै खुसी छौं । हाम्रो फिल्ममा तपाई मुख्य भुमिकामा अनुबन्ध हुनु भएकोमा । हामी आशावादी छौं तपाई हाम्रो सहयात्रा ऐतिहासिक हुनेछ ।’

आलियाले पनि ट्वीट मार्फत जवाफ फर्काएकी छिन् । उनले लेखेकी छिन् ‘यो यात्राको लागि म प्रतिक्षारत थिएँ । राजामौलीजीले यस्तो उम्दा टिमसंग काम गर्ने मौका दिनु भएकोमा धन्यवाद ।’ यस फिल्ममा अजय देवगणको स्पेशन डान्स नम्बर हुने छ ।

(Visited 48 times, 1 visits today)
Loading comments...