शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

एम्बुलेन्स र प्रहरीको गाडी ठोक्किँदा बिरामीसहित ४ जना गम्भीर घाइते

रामकुमार श्रेष्ठ
1 week ago
14/03/2019

नवलपरासी । बन्दको बेला गस्तीमा रहेको प्रहरी चढेको कार र एम्बुलेन्स ठक्कर खाँदा पूर्वी नवलपरासीमा ४ जना घाइते भएका छन् ।

पूर्वपश्चिम लोकमार्गको डण्डा चोरमाराबीच जंगलमा पर्ने चालिस किलो भन्ने ठाउँमा लु १ च ७४२५ नम्बरको बिरामी बोकेको नेपाल रेडक्रस उपशाखा अरुणखोलाको एम्बुलेन्स र प्रहरीले स्कटिङका लागि लिएर हिडेको बा २ झ १४६५ नम्बरको गाडी एक आपसमा ठक्कर खाएको हो ।

दुर्घटनामा परी एम्बुलेन्समा सवार बिरामीसहित ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा घाईते हुनेमा मध्यविन्दु नगरपालिका १० बस्ने ४८ बर्षीय आनन्द जैसी, ७४ बर्षीया मानकुमारी जैसी, ८१ बर्षीय दुलनाथ जैसी र एम्बुलेन्स चालक ५१ बर्षीय खुमाकान्त न्यौपाने रहेका छन् ।

घाईतेहरुको अवस्था गम्भीर रहेको र कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । पश्चिमबाट पुर्व आउदै गरेको प्रहरी चढेको गाडिलाई तिब्र गतिमा रहेको एम्बुलेन्सले पछाडि पट्टिको भागमा ठक्कर दिई आफै अनियन्त्रित भएको पल्टिएको प्रहरीको भनाई छ ।

(Visited 82 times, 1 visits today)
Loading comments...