बुधवार ८ जेठ, २०७६ (Wednesday, 22nd May 2019)
८ जेठ, २०७६ (22 May 2019)

मकवानपुरका कुखुरामा बर्ड फ्लू रोग फेला

ध्रुव अधिकारी
2 months ago
14/03/2019

हेटौंडा । मकवानपुरमा किसानले पालेको कुखुरामा बर्ड फ्लू रोग फेला परेको छ । बर्ड फ्लू देखापरेपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बैठक राखेका छन् ।

उनले कुखुरामा बर्ड फ्लू रोग दोखा परेको पुष्टि गरेका छन् । रोग नियन्त्रणका लागि सरोकारवाला निकायसँग छलफल भइरहेको जानकारी दिए ।

केही समयअघि हेटौंडाको कमानेमा किसानले पालेको ५ हजार भन्दा बढी कुखुरा मरेका थिए । त्यससमयमा बर्ड फ्लू नभएको दाबी गरिएपनि अहिले आएर पुष्टि भएको छ ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख चेत नारायण खरेलले मकवानपुरमा बर्ड फ्लू देखिएको पुष्टि गरेका छन् । किसान कुल प्रसाद चौलागाईंको कुखुराको जाँच गर्दा बर्ड फ्लू देखिएको केन्द्रले जनाएको छ ।

(Visited 59 times, 1 visits today)
Loading comments...