बुधवार ८ जेठ, २०७६ (Wednesday, 22nd May 2019)
८ जेठ, २०७६ (22 May 2019)

विप्लवसँग प्रत्यक्ष–अप्रत्यक्ष संलग्न हुनेलाई कारबाही

राजधानी समाचारदाता
2 months ago
14/03/2019

काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने जोकसैलाई कारवाही गर्ने भएको छ ।

सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै विप्लव नेतृत्वको नेकपालाई सहयोग गर्नेमाथि कारबाही गर्ने जानकारी गराएका हुन् ।

सरकारले अवैद्य रुपमा राखिएको हतियार ३५ दिनभित्र बुझाउन सुचना प्रकाशन गर्ने भएको छ । गैरकानुनी रुपमा हतियार राखेको पाइए पनि बुझाउनेलाई भने कारबाही नहुने निर्णय भएको सञ्चारमन्त्री रहेका बास्कोटाले बताए ।

(Visited 133 times, 1 visits today)
Loading comments...