सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

न्यूजिल्यान्डको मस्जिद आक्रमण : मृत्यु हुनेको संख्या ४९ पुग्यो

एजेन्सी
1 week ago
15/03/2019

काठमाडाैँ । न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ४९ जनाको मृत्यु भएको र २० जनाभन्दा धेरै गम्भीररूपमा घाइते भएका छन् ।

प्रधानमन्त्री जेसिन्डा अर्डनले शुक्रवारलाई ‘कालो दिन’ भएको बताउँदै यो घटनालाई ‘आतङ्ककारी हमला’ मात्रै भन्न सकिने बताइन् ।

‘यो प्रष्ट भएको छ कि आक्रमण आतङ्ककारी समूहबाट भएको हो,’ प्रधानमन्त्री अडर्नले भनिन् । ‘प्रारम्भिक अनुसन्धानपछि हामीलाई आएको सूचनामा आक्रमण सुव्यवस्थित तथा सुनियोजित रहेका बताइएको छ ।’

‘अन्य दुई विस्फोटक पदार्थ राखी पठाइएको आशङ्कामा दुई गाडीलाई नियन्त्रणमा लिई निष्क्रिय बनाइएको छ,’ प्रधानमन्त्रीले घटनास्थलबाट पाएको सूचनालाई उद्धृत गर्दै जानकारी गराइन्।

प्रत्यक्षदर्शीहरूले स्थानीय समाचारमाध्यमलाई आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको बताएका छन्।

सरकारले मानिसहरूलाई अर्को सूचना नआएसम्म मस्जिदमा नजान भनेको छ ।

एक बन्धुकधारीले गोलिबारीलाई फेसबुकमार्फत लाइभ गराएका थिए । भिडियो उसको टाउकोमाथि लगाइएको क्यामेराले खिचेको देखिन्छ । भिडियो फुटेजमा उसले अल–नूर मस्जिदभित्र रहेका महिला, पुरुष र बालबालिका सबैमाथि नजिकबाट गोली बर्साएको देखिन्छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले गिरफ्तार एक जना अस्ट्रेलियन नागरिक भएको र उ ‘अतिवादी दक्षिणपन्थी घातक आतङ्ककारी’ भएको बताएका छन् ।

(Visited 114 times, 1 visits today)
Loading comments...