सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

कुलतको समस्या सबै मिलेर समाधान गर्नुपर्छ : महानिरीक्षक खनाल

राजधानी समाचारदाता
1 week ago
15/03/2019

काठमाडौं । प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले कुलतको समस्या घरको मात्र नभएर समाजकै भएकाले सबै मिलेर यसलाई निराकरण गर्नतर्फ ध्यान दिनु पर्ने बताए ।

सुनसरीको धरानमा लागुऔषध दुव्र्यसन मुक्त समाज बनाउने उद्देश्यले स्थापित आसरा सुधार केन्द्रको उदघाटन कार्यक्रममा बाेल्दै प्रहरी महानिरिक्षक खनालले यस्ता समस्या दुब्र्यसनिको रुपमा रहेकोले सेवा केन्द्रलाई जेल जस्तो नभई समाज सुधारक कार्यको थालनी गरी सेवा दिनुपर्नै वताए ।

खनालले कुलतमा लागेकोलाई काउनन्सीलिङ लगायताका अन्य कुनै उपाय नरहेकोले यस्ता केन्द्रहरुलाई समाजकि कामप्रति अगाडी बढाउदै लैजानुपर्नै बताए ।

धरान ६ पानबारीमा केन्द्रको धरान शाखाको रुपमा सञ्चालनमा आएको हो । नेपाल प्रहरी श्रीमति संघद्वारा सञ्चालित केन्द्रले धरान–६ पानवारीको मार्गे चौरीमा शाखा विस्तार गरेको हो ।

सोही कार्यक्रममा आसरा केन्दका सचिव सरोज श्रेष्ठले समाजमा आवास सुविधा सहितको तीन तल्लाको भवन तथा सम्पूर्ण फर्निचरका सामानहरु गरी २ करोड ३७ लाखमा निर्माण सम्पन्न भएको जानकारी दिए ।

भवनमा आवास कक्ष, बैठक कक्ष, कार्यालय कक्ष, जीम, योग तथा कक्षा सञ्चालन हल, पुस्तकालय, परामर्श कक्ष, उपचार कक्ष, कार्यक्रम हल, किचन डाइनिङ हल, टिभी रुम, शौचालय, बाथरुमलगायत उपलब्ध छन् ।

(Visited 41 times, 1 visits today)
Loading comments...