शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

कानून विपरीत गतिविधि गर्ने छुट कसैलाई छैन : महत

रासस
7 days ago
15/03/2019

रुपन्देही । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले कानून विपरीत गतिविधि गर्न कसैलाई छुट नभएको बताएका छन् ।

बुटवलमा आयोजित साक्षात्कारमा उनले देशमा शान्ति सुव्यवस्था कायम राख्न सरकार गम्भीर हुनुपर्ने बताए ।

उनले भने, ‘मन्त्रिपरिषद्ले नेकपालाई प्रतिबन्ध लगाउँदैमा मुलुकमा नेत्रविक्रम चन्द ‘विप्लव’ का गतिविधि रोकिने होइनन, सरकारले वार्ताको माध्यमबाट द्वन्द्व समाधान गर्नुपर्छ ।’

विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्ध ठिक की बेठिक भन्ने प्रश्नमा उनले भने, ‘कानून विपरीत गतिविधि गर्न कसैलाई छुट छैन ।’
फरक प्रसंगमा नेता महतले संगठनात्मक कमजोरीका कारण पार्टीमा समस्या रहेको उल्लेख गरे ।

(Visited 35 times, 1 visits today)
Loading comments...