आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

रिपब्लिकन सिनेटर ट्रम्पको पर्खाल परियोजनामाको विपक्षमा

एजेन्सी
2 months ago
15/03/2019

वासिङ्टन । अमेरिकाको संसदको माथिल्लो सदन सिनेटले दक्षिणी सिमानामा पर्खाल बनाउनको लागि रकमको जोहो गर्न राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकटकाल उल्ट्याउने पक्षमा मतदान गरेको छ ।

केही रिपब्लिकन सिनेट सदस्यहरूले विद्रोह गरेपछि राष्ट्रपति ट्रम्पलाई अप्ठ्यारो परेको छ ।

आफ्नो पार्टीको निर्देशन विपरीत तथा राष्ट्रपतिको आदेशको विपक्षमा १२ जना रिपब्लिकन सिनेट सदस्यहरूले मतदान गरिदिएपछि ट्रम्पको योजना प्रभावित हुने अवस्था आएको हो ।

ट्रम्पले एक ट्विट सन्देशमा आफूले अब विशेष अधिकार (भिटो) प्रयोग गरेर भएपनि आफ्नो योजना सफल पारिछाड्ने प्रतिक्रिया दिएका छन् ।

तर विपक्षी डेमोक्रयाटिक पार्टीको वर्चश्व रहेको प्रतिनिधिसभाका डेमोक्रयाटिक पार्टीका नेताका एक सहयोगीले राष्ट्रपतिको कदम फेरि सदनबाट उल्टिने बताएका छन् ।

सिनेटमा डेमोक्रयाटिक पार्टीका नेता चक शुमरले राष्ट्रपतिको विपक्षमा मतदान गर्ने सत्तारुढ दलका सिनेटरहरूलाई धन्यवाद ज्ञापन गरे ।

(Visited 95 times, 1 visits today)
Loading comments...