आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

नीलकण्ठलाई उपाधि

राजधानी समाचारदाता
2 months ago
16/03/2019

 

काठमाडौं।  नीलकण्ठ माविले तेस्रो माध्यमिक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । फाइनलमा नीलकण्ठले अमरावती माविलाई २३७–१८९ ले पराजित ग¥यो । विजेता र उपविजेता दुवै धादिङका विद्यालय हुन् । उपाधिसँगै नीलकण्ठले २० हजार तथा अमरावतीले १५ हजार नगद पुरस्कार पाए ।

नेपाल डण्डीबियो संघको समन्वयमा भएको प्रतियोगितामा नाजरथ, ललितपुरले तेस्रो स्थानमा चित्त बुझायो । नाजरथले रोम्बस, भक्तपुरलाई १६३–१२३ ले हरायो । नाजरथले १० हजार नगद पुरस्कार पायो ।

विजेतालाई महालेखा परीक्षकको कार्यालयका उपसचिव पदमबहादुर बस्नेत, राखेपअन्तर्गत आर्थिक प्रशासन शाखाका प्रमुख कपिलमणि पोखरेल र डण्डीबियो संघका अध्यक्ष मोतीराम फुयाँलले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा उपत्यका, काभ्रे र धादिङका २० टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जनाएका छन् ।

 

(Visited 9 times, 1 visits today)
Loading comments...