सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

सुशील छनोट

राजधानी समाचारदाता
1 week ago
16/03/2019

 

 

काठमाडांै । नेपाल आर्मीका सुशील थापाले एएसबीसी इलाइट महिला तथा पुरुष बक्सिङ प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । शुक्रबार भएको ४९ केजी तौल समूहको छनोट खेलमा आर्मीका सुशीलले प्रदेश ३ का मदन डंगोललाई अंकका आधारमा ५–० ले हराउँदै छनोट भएका हुन् ।

थाइल्यान्ड बक्सिङ संघको आयोजनामा अप्रिल १६ देखि २६ सम्म बैंककमा सञ्चालन हुन प्रतियोगितामा महिलातर्फ ५१ केजी तौल समूहमा एपीएफकी माला राई र आर्मीकी बिमला श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा एपीएफकी मालाले प्रदेश ५ की बिमला थापालाई अंकका आधारमा ५–० ले हराइन् । दोस्रो खेलमा आर्मीकी बिमलाले प्रदेश ४ की मिना घलेलाई ५–० अंककै आधारमा हराइन् ।

राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको छनोट खेलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, बक्सिङका सुरेशसिंह आलेलगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा महिला ५१ केजी र ६० केजी तथा पुरुष ४९ केजी र ९१ केजीमाथि चार खेलाडीले सहभागिता जनाउनेछन् ।

(Visited 4 times, 1 visits today)
Loading comments...