सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

मेची नेत्रालय सेमिफाइनलमा

भगीरथ भण्डारी
1 week ago
16/03/2019

 

इलाम। मेची नेत्रालय झापा इलाममा जारी पाँचौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । पहिलो संस्करणको विजेता विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोलले पाखा लगाउँदै झापाले सेमिफाइलनको यात्रा तय गरेको हो । निर्धारित र अतिरिक्त समयमा समेत १–१ गोलको बराबरीमा खेल सम्पन्न भएपछि टाइब्रेकरबाट नतिजा निर्धारण गरिएको थियो ।

टाइब्रेकरमा झापाका विक्रम लिम्बू, योगेङ गुरुङ, विशाल राई र मिलन राईले गोल गरे भने भिक्टोरको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले बचाउ गरेका थिए । आमीका तर्फबाट भने विकास तामाङ, रुपेश क्षत्री र दीपकुमार लामाले गोल गरे । विवेक बस्नेतको प्रहार झापाका गोलरक्षक दिनेश थापा मगरले बचाउ गरेका थिए भने युद्ध शाहीको प्रहार गोल पोस्टबाट बाहिरिएको थियो । खेलको म्यान अफ दी म्याच घोषित विजेता झापाका दिनेश थापा मगरले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

झापाको भेट अब आइतबार हुने दोस्रो सेमिफाइलनमा हिमालयन शेर्पा क्लबसँग हुने निश्चित भएको छ । आर्मी माईभ्याली गोल्डकपको पहिलो संस्करणको च्याम्पियन हो । मेची नेत्रालय भने माईभ्याली गोल्डकपमा पहिलोपटक सहभागी जनाएको टिम हो ।

 

(Visited 23 times, 1 visits today)
Loading comments...