आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

श्रीलंका सेमिफाइनलमा

राजधानी समाचारदाता
2 months ago
16/03/2019

काठमाडौं । श्रीलंका महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरमा शुक्रबार भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । शहीद रंगशालामा भएको खेलमा दुवै गोल चलानी कुमारी एकानाएकेले गरेकी थिइन् ।

पहिलो हाफको ४ मिनेट समय बाँकी रहँदा श्रीलंकाले अग्रता लिएको थियो । कप्तान एरान्दी लियानागेको फ्रिकिकमा चलानी कुमारीले गोल गरेकी थिइन् । ५०औं मिनेटमा अचाला सञ्जीवनीको पासमा चलानीकुमारीले अर्काे गोल गर्दै टिमलाई जित दिलाइन् ।

श्रीलंकाको जितपछि भारत पनि समूह ‘बी’ बाट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माल्दिभ्स भने समूह चरणबाट बाहिरियो । समूह विजेताको छनोट भने आइतबार हुने खेलले गर्नेछ । आइतबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ । पहिलो खेलमा भारतले माल्दिभ्सलाई ६–० ले हराएको थियो ।

 

 

(Visited 40 times, 1 visits today)
Loading comments...