सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

वैदेशिक रोजगारीबाट फर्किएर भैंसीपालनमा

हुमाकान्त पोखरेल
1 week ago
16/03/2019

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका तीन युवा भैंसीपालनमा आकर्षित भएका छन् । ५४ वर्षीय कुमबहादुर राना, ४८ वर्षीय नन्दु र ३६ वर्षीय निर्मल बुढाथोकी भैंसीपालनतर्फ आकर्षित देखिएका हुन् । अचेल बिहान पाँच बजेदेखि बेलुका सात बजेसम्म उनीहरूलाई बोल्ने पनि फुर्सद छैन । दिनभर तीनपटक गोबर फाल्ने, भंैसी दुहुने, दूध तताउने, मही पार्ने, घिउ र दूध बोकेर गाउँ पुग्ने । त्यो मात्रै नभएर भैसीलाई घाँस पानी, कुँडो र वनको काम फुर्सद हुने कुरै भएन ।

वैदेशिक रोजगारीबाट फर्किएका तीन जना युवाले भार्सेको लामाचौरमा भंैसी र्फाम सञ्चालन गरेका छन् । २०७२ सालबाट सञ्चालन भएको फर्ममा अहिले ७२ वटा भैंसी र पाडापाडी रहेका छन् । अहिलेसम्म थाप्ले–लामाचौर लिमी पारकोटे भंैसी फार्ममार्फत आफूहरूले करिब ३३ लाख खर्च गरेको सञ्चालक कुमबहादुर रानाले बताए । कुमबहादुर २३ महिना कतार बसेर फर्किए । निर्मलले दुई वर्ष मलेसिया र केही समय कतारमा काम गरे भने नन्दु पनि दुई वर्ष कतारमा काम गरेर गाउँमै केही गर्ने अठोट बोकर स्वदेश फर्किए ।

तीन जनामध्ये दुई जना फार्ममा बस्छन् । प्रत्येक दिन एक जना गाउँ पुग्ने नियम छ । उनीहरूले बिहानको दूध बेच्दैनन् । त्यो घिउको लागि हो । साँझमा दैनिक १८ देखि २० माना दूध हुन्छ । डेढ दुई माना घिउ । माग भएको घरमा आफंैले बोकेर पुग्छन् । सो व्यक्ति सोही दिन आफ्नै घरमा बस्न पाउँछन् भने अर्को दिन घरघरमा छाडेका भाँडा उठाउँदै फर्म पुग्ने नियम बनाएका छन् । गाउँमा माना चल्छ । एक माना दूधको ५० रुपैयाँ मूल्य पर्छ । एक माना घिउ ६ सय रुपैयाँमा बिक्री भइरहेको सञ्चालन निर्मल बुढाथोकी बताए । दूधबाट मात्रै मासिक ३० हजार र घिउबाट १८ देखि २० हजार आम्दानी हुने गरेको बुढाथोकीले बताए ।

 

लैनो भैंसीदेखि सुकुटीसम्म बिक्री

थाप्ले लामाचौर भैंसी फार्मबाट दूध, घिउ, पाडा, लैनो भैंसीदेखि सुकुटीसमेत बिक्री हुनेगरेको छ । फर्ममा ७२ वटा भैंसी छन् । तीमध्ये ५० भन्दा बढी भैंसी २४ घण्टा नै जंगलमा बस्छन् । दूध दिने १०÷१५ वटा भंैसी मात्रै गोठमा ल्याउने र जंगल लैजाने गरिएको सञ्चालन नन्दु बुढाथोकीले बताए । जंगल भएकाहरूको घाँस पानीमा कुनै समस्या हुँदैन । जंगलमा भएका १५ एउटा भैंसी ब्याउने छन् । लैनो भैंसीको मूल्य ५० हजार हो । प्रायः जेठदेखि असार–साउन बढी भैंसी ब्याउँछन् । उनले गत वर्ष पाँचवटा लैनो भैंसी बेचिएको बताए । त्योसँगै पाडाहरू पनि बेच्ने गरिएको बुढाथोकीले बताए । एक वर्षको पाडाको मूल्य २० हजार छ । उनले नब्याउने र उल्टिरहने समस्या भएका भैंसीहरूलाई पशु प्राविधिकमार्फत परीक्षण गरेर काट्ने र सुकुटी बनाएर बेच्ने गरिएको बताए । सुकुटीको मूल्य प्रतिकेजी २ हजार रहको छ । त्यस्तै, उनीहरूले भैंसीको मलसमेत एक ट्याक्टरको १ हजार ५ सय रुपैयाँमा बिक्री गर्दै आएका छन् । अब त्यही मलको प्रयोग गरेर विभिन्न प्रकारका तरकारी खेती गर्ने सोच बनाएको बुढाथोकीले बताए ।

 

थप लगानी गर्न उत्साहित

भैंसी फर्मको अझै १० लाख ऋण छ । तर, तीन जना नै उत्साहित छन् । अहिले बंगुरपालन सुरु भएको छ । त्यससँगै व्यवस्थित रूपमा लोकल कुखुरा पाल्ने योजना रहेको कुमबहादुर रानाले बताए ।

नका अनुसार वडादेखि गाउँपालिकास्तरबाट पनि सहयोग मिलेको छ । जसका कारण अर्को व्यवस्थित गोठ निर्माणको योजना आफूहरूको रहेको रानाले जानकारी दिए । उनले आफूहरूको धेरै योजना र चाहना भए पनि छोराहरूले नगर्ने र गाउँमा कामदारसमेत नपाइने भएकाले समस्या भएको बताए ।

‘मलाई कामले बोल्ने फुर्सद छैन, छोरो विदेश जान्छु भन्छ,’ उनले भने, ‘६ सय तिरेर कामदार ल्याउँछांै, त्यही पनि पर्याप्त पाइँदैन ।’ आफूलाई काम गर्दा बार र गतेसमेतको हेक्का नहुने रानाले बताए ।

 

 

(Visited 44 times, 1 visits today)
Loading comments...