सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

जिप र मोटरसाइकल ठोक्किँदा २ जना घाइते

नवीन शिशिर
1 week ago
16/03/2019

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाङ–५ बिहुँमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवा घाईते भएका छन् ।

गल्कोट हटियादेखि बागलुङ बजार आउँदै गरेको ना १ ज १२८६ नम्बरको जिप र हटिया तर्फ जाँदै गरेको ध १ प २०५८ नम्बरको मोटरसाइकल रंगेलीमा ठोक्किँदा स्थानीय वर्ष ३० का कृष्ण विक र वर्ष २२ का नारायण विक घाइते भएका हुन् ।

घाइते दुवैको धौलागिरी अंचल अस्पताल बागलुङमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनीहरुको खुट्टा र ढाडमा चोड लागेको बताइएको छ ।

जिप र जिप चालक कमल सेन्चुरीलाई प्रहरीले नियन्त्रणमा लिएको बिहुँ प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक गजेन्द्र बहादुर थापाले जानकारी दिए ।

(Visited 233 times, 1 visits today)
Loading comments...