आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

चोरीका सामानसहित ४ जना महोत्तरीबाट पक्राउ

कमलेश मण्डल
2 months ago
16/03/2019

महोत्तरी । धनुषाको जनकपुरमा चोरी गरेर फरार भएको चोर समूहलाई चोरीका सामग्री सहित महोत्तरी प्रहरीले शनिवार पक्राउ गरेका छन ।

सिमा प्रहरी चौकी भिटामोडका ईन्र्चाज सई राम कार्कीको नेतृत्वको टोलीले भिटामोड हुँदै भारततर्फ जाँदै गरेको अवस्थामा जनकपुरघर भएका चार जना चोरलाई चोरीको सामनसहित पक्राउ गरेको हो ।

जनकपुर २ घर भएका ब्रजेस यादवको घरबाट गएको फाल्गुन २९ गते राति चोरहरुको समुहले घरमा चोरी गरेको उजुरी पिडितले प्रहरीमा दिएका थिए । सई कार्कीले शंकास्पद रुपमा भिटामोड हुँर्द भारततर्फ गइरहेको अवस्थामा चेक जाँच गर्दा चोरीको सामान वरामद भएको र अनुसन्धानको क्रममा जनकपुरमा फाल्गुन २९ गते भएको चोरीका सामग्रीहरु भेटाएपछि चारै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी ईश्वर कार्कीले बताएको छ ।

जनकपुर उपमहानगरपालिका वडा नं. ८ पगलबाबा धर्मशाला नजिक घर भएका २३ वर्षीय सलामत दर्जी , जनकपुर ७ बस्ने २१ वर्षीय असरफ राईन , जनकपुर वडा नं. ८ का ३५ वर्षीय नशरा खातुन र जनकपुर वडा नं. २३ का ३३ वर्षीय कमरान दर्जीलाई चोरीको सामानसहित पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट चाँदीको हसुली एक थान, चाँदीको पहुँचा एक थान , चाँदीको वाला एक जोर, चाँदीको पाउजु एक जोर, चाँदीको औठी एक थान, चादीको खुटामा लगाउने विछियाा ६ थान गरी एक किलोलगायत चाँदीको गरगहना वरामद भएको हो ।

पक्राउ परेका चारै जनालाई प्रहरी हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको एसपी कार्कीले जनाएको छ ।

(Visited 239 times, 1 visits today)
Loading comments...