सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

यस वर्षको अन्त्यसम्ममा ८५ प्रतिशत पूँजीगत बजेट खर्च हुन्छ : कैलाश ढुंगेल

बिमला पाण्डे
1 week ago
16/03/2019

सिन्धुली । प्रदेश नं. ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले यस वर्षको अन्त्यसम्ममा ८५ प्रतिशत पूँजीगत बजेट खर्च हुने अवस्थामा पुगेको दावी गरेका छन् ।

उनले शनिबार बिहान निर्वाचित जनप्रतिनिधि तथा नेकपाका कार्यकर्ताहरुसँग सिन्धुलीमाढीमा छलफल गर्दै यस्तो बताएका हुन् । उनले विगतको वर्षको जस्तो विकास बजेट खर्च नहुने अवस्था यो वर्ष नरहेको बताए ।

प्रदेश सरकारले जिल्लामा पठाएका बजेट कार्यान्वयनको अवस्था, स्थानीय सरकारले सञ्चालन गरेका योजना र जिल्लाका योजनामा अवको प्राथमिकताका विषयमा छलफल गरेका मन्त्री ढुंगेलले सिन्धुलीको महाभारतमा कृषि, तथा फलफुल उत्पादनको पकेट क्षेत्रका रुपमा काम गर्न निर्देशन समेत दिएका छन् ।

प्रदेश सांसद तथा स्थानीय सरकारलाई इंगित गर्दै उनले भने, ‘महाभारतमा किवी, जुनार, सुन्तलालाई व्यवसायीक बनाउनका लागि योजना बनाउनुस् ।’ उनले सिन्धुलीको मानव विकासको सूचकांक बढाउन यहाँको माटोको क्षमता विकास गर्न जरुरी रहेको पनि उनले बताए ।

प्रदेश सरकारले बाटो, खेलकुद, विद्युत सिंचाई लगाएतका विभिन्न क्षेत्रको विकासका लागि बजेट पठाएको र यसको सदुपयोग गर्न जिल्लाबासी नै लाग्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा दुधौली नगरपालिका र कमलामाई नगरपालिकामा खेलकुद स्टेडियम बनाउन ६ करोड बजेट प्रदेश सरकारबाट विनियोजन भएको भन्दै यसलाई तदारुकताका साथ काम गर्न समेत मन्त्री ढुंगेलले निर्देशन दिएका छन । स्थानीय उत्पादन र विकासमा स्थानीय जनता र नेताहरुको सक्रिय भूमिका रहनुपर्नेमा जोड दिदैं विकास निर्माणमा एकतावद्ध भएर ध्यान दिन समेत निर्देशन दिएका छन ।

कर्मचारीको तलब र वृद्ध भत्ता बढ्छ
यसैबीच उनले सोहि कार्यक्रममा बोल्दै अबको बजेटमा कर्मचारीको तलब वृद्धि र वृद्धभत्ता वृद्धिलाई सरकारले पहिलो प्राथमिकतामा राख्ने बताएका छन ।

उनले चालु वर्षको भन्दा विकासमा बजेट बढेर आउने विश्वास व्यक्त गर्दै संघिय सरकारको पहिलो प्राथमिकता वृद्ध भत्ता रहेको बताए । उनले जनताको माग र सरकारको फ्रेमवर्क भित्र बसेर बजेट विनियोजन गर्न स्थानीय सरकारलाई अनुरोध गरेका उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न हरेक पालिकामा कोशेली घर निर्माण गर्ने प्रदेश सरकारको लक्ष्यलाई ध्यान दिन समेत आग्रह गरे ।

(Visited 34 times, 1 visits today)
Loading comments...