बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

कागजपत्रसँगै आयो प्रेमलीला

राजधानी समाचारदाता
1 month ago
22/03/2019

 

काठमाडौं। शुक्रबारबाट मुलुकका सिनेमा हलमा दुईवटा नयाँ नेपाली चलचित्र रिलिज हुने भएका छन् । अपिल विष्टको निर्देशनमा तयार भएको हास्यव्यंग्य, सामाजिक चलचित्र ‘कागजपत्र’ र दीपशिखा खड्काको निर्माणमा प्रेमकथामा आधारित चलचित्र ‘प्रेमलीला’ प्रदर्शन हुन लागेको हो ।

चलचित्र कागजपत्र मुलुकका पाँच दर्जनभन्दा बढी सिनेमा हलबाट रिलिज हुन लागेको निर्देशक विष्टले जानकारी गराएका छन् । डिपेन्डेन्ट भिसामा अस्ट्रेलियालगायतका मुलुक जानेहरूले गर्ने किर्ते कागजपत्रलेनिम्त्याएको समस्यामा यो

चलचित्र केन्द्रित रहेको निर्देशक विष्टले बताए । फिल्मले २ घण्टा दर्शकलाई पूर्ण मनोरञ्जनसँगै सन्देश पनि दिने उनले जिकिर गरे ।

यो चलचित्रमा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक, लक्ष्मी बर्देबासहितको मुख्य भूमिका छ । सिनमालाई अपिल विष्टले नै लेखेका हुन् । खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटी निर्माता रहेको कागजपत्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सहनिर्माताको रूपमा रहेको पनि विष्टले बताए । यो चलचित्रमा वसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासिमिर डिक्सनको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।यस्तै, शुक्रबारबाट रिलिज हुने अर्को चलचित्र प्रेमलीलाका निर्देशकले छायांकनकै क्रममा काम छाडेपछि आफूले सम्पन्न गरेको यसकी अभिनेत्री एवं निर्माता दीपशिखा खड्काले बताएकी छन् । उनका अनुसार यो चलचित्र शुक्रबारबाट मुलुकका चार दर्जनभन्दा बढी सिनेमा हलबाट रिलिज हुँदै छ । अभिनेत्री खड्काकै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्मसले संयुक्त रूपमा निर्माण गरेका हुन् । चलचित्रमा अन्तरदेशीय प्रेमसम्बन्ध प्रस्तुत गरिएको यी अभिनेत्रीले बताइन् । चलचित्रका लागि कथाअनुसार आफूले कपाल खौरेर मुडुले भूमिका निर्वाह गरेको पनि प्रकाश पारिन् ।

पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको प्रेमलीलामा महेश खड्का, नवीन कार्की र रविराज शाहको संगीत छ ।

यो चलचित्रमा दीपशिखा खड्कासँगै अलि खान र मौसम खड्कासँगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, प्रभाकर शर्मा, भारतीय कलाकारहरू अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायतको अभिनय

रहेको छ ।

(Visited 24 times, 1 visits today)
Loading comments...