सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

१६४ किलो चरेस बरामद

रासस
4 months ago
22/03/2019

धादिङ, ८ चैत । पृथ्वी राजमार्गमा जाँचका क्रममा प्रहरीले १६४ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेस बरामद गरेको छ । भारतीय नम्बर प्लेटको युपी१९टी ५१७१ नंको ट्रकमा लुकाइछिपाइ भारततर्फ लैजाँदै गरेको अवस्थामा शुक्रबार बिहान उक्त परिमाणमा चरेस बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिनुभयो ।

काठमाडाँैबाट भारततर्फ जान लागेको ट्रकको क्याबिनमा आठ बोरामा हालेर लुकाइछिपाइ लान लागेको अवस्थामा सो लागुऔषध बरामद भएको हो । लागुऔषध चरेससहित गजुरी गाउँपालिका–१ नजिकै पृथ्वीराजमार्गबाट भारत उत्तर प्रदेश निवासी २५ वर्षीय मौ महातपलाई पक्राउ गरी हिरासतमा लिइएको छ । गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

(Visited 40 times, 1 visits today)
Loading comments...