सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

प्राध्यापन पेसामा संलग्न महिलाको विभत्स हत्या

राजधानी संवाददाता
1 month ago
22/03/2019

सर्लाही । सर्लाहीको व्यापारिक केन्द्र बरहथवा नगरपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । नगरपालिका–५ स्थित रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्दै आएका उदयपुरको सुरुङ्गा नगरपालिकाका रामजी विश्वकर्माले गएराति ३३ वर्षीया श्रीमती सुनितालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

सर्लाही प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईले रामजीले श्रीमती सुनिताको घाँटी, हातखुट्टालगायत शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरी हत्या गरेको बताए ।
मृतक सुनिता बरहथवाको चक्र जनता बहुमुखी क्याम्पसमा पढाउने गर्थिन् ।

रामजीलाई प्रहरीले राति नै पक्राउ गरेको छ । रामजीले श्रीमती सुनिताले आफूलाई खुकुरीले प्रहार गर्न खोज्दा प्रतिकारमा उनको मृत्यु भएको प्रहरीसमक्ष वयान दिएका छन् ।

(Visited 145 times, 1 visits today)
Loading comments...