बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

दुई फरार अभियुक्त पक्राउ

सन्देश सुब्बा
1 month ago
22/03/2019

पाँचथर । पाँचथर प्रहरीले छुट्टाछुट्टै मुद्धामा दोषी ठहर भई फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको फालेलुङ गाउँपालिका–५, बस्ने ३० बर्षीय सुवाशचन्द्र केरुङ रहेका छन् ।

नकवजनी चोरी मुद्धामा जिल्ला अदालतले पाँच दिन कैद र ८७ हजार एक सय रुपैंयाँ जरिवाना सुनाएका उनी लामो सपयसम्म फरार रहेका थिए । उनलाई इलाम प्रहरीको सहयोगमा इलामको पशुपतिनगर बजारबाट पक्राउ गरिएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक अनिलकुमार पौडेलले बताए । पक्राउ गरी अदालत उपस्थित गराइएका उनलाई अदालतको आदेश अनुसार कैद भुक्तानका लागि कारागार चलान गरिएको पौडेलले बताए ।

त्यस्तै फिदिम नगरपालिका–४, का मनोज तावालाई पनि प्रहरीले पक्राउ गरेको छ । केही सार्वजनिक अपराध मुद्धामा तावालाई अदालतले पाँच हजार रुपैंयाँ जरिवाना सुनाएको थियो । तावा भने तोकिएको जरिवाना तिरेर घर फर्किएको प्रहरीले जनाएको छ ।

(Visited 25 times, 1 visits today)
Loading comments...