बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

सरिता लामिछानेद्धारा अध्यक्षमा उम्मेदवारी घोषणा

राजधानी समाचारदाता
1 month ago
22/03/2019

काठमाडौं । आउदो चैत २३ गते हुने नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा कलाकार सरिता लामिछानेले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेकी छिन् ।

कुनै समय सञ्चारकर्मी समेत रहेकी लामिछानेले चर्चित टेलिशृंखला ‘मुक्ति’ बाट अभिनय यात्रा सुरू गरेकी थिइन् ।

उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै आफ्नो उम्मेद्वारी घोषणा गरेकी हुन् । फेसबुक स्टाटस मार्फत सहयोगको अपिलसमेत गरेकी छिन् ।
यसअघि नेपाल चलचित्र कलाकार संघको महासचिवको जिम्मेवारी सफलतापूर्वक सम्हालेकी लामिछाने २०५५ सालदेखि निरन्तर कलाकारिता क्षेत्रमा सक्रिय छिन् ।

कुनै समय सञ्चारकर्मी समेत रहेकी लामिछानेले चर्चित टेलिशृंखला ‘मुक्ति’ बाट अभिनय यात्रा सुरू गरेकी थिइन् । ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’ लगायत थुप्रै टेलिशृंखलामा अभिनय गरिसकेकी छिन् ।

किशोर राना निर्देशित चलचित्र ‘सन्तानको माया’मा मुख्य भुमिका निर्वाह गरेकी छिन् । श्रीमान–श्रीमती, हवल्दार सुन्तली फिंगरप्रिन्ट उनले अभिनय गरेका चलचित्र हुन् । संघमा महासचिब हुँदा संघको काममा सक्रिय भएर लागेकी लामिछानेले अध्यक्ष भएपछि संघको गरिमालाई थप उचो बनाउने योजना बनाएकी छिन् ।

(Visited 125 times, 1 visits today)
Loading comments...