सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

पेन्गुइनको संसार

राजधानी समाचारदाता
1 month ago
23/03/2019

पेन्गुइन हिउँमा पाइने चरा हो । यो जन्मेदेखि मर्दासम्म हिउँमाथि बस्छ । हिउँ नै यसको संसार हो । हिँउमाथि मानिसजस्तै दुई खुट्टाको सहाराले सीधा भएर हिँड्छ । हिउँमाथि हिँड्न र हिउँमुनिको पानी पौडन निकै माहिर यो चरा आफंैमा प्रकृतिको अनुपम उपहार हो ।  पेन्गुइनका विभिन्न प्रजाति हुन्छन् । हालसम्म पत्ता लागेका पेन्गुइनका प्रजातिमा १८ थरिका रहेका छन् । यी प्रजाति अन्टार्कटिकादेखि भूमध्यरेखासम्म पाइएका छन् । हाल हिउँमा बस्ने पेन्गुइनका प्रजाति निकै संकटमा परिरहेका छन् । विश्व तापमानका कारणले ध्रुवीय हिउँ पग्लने र पहिरो जाने प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ ।
१८ प्रजातिमध्ये मुख्यतः जेन्टु, किङ, इम्पेरर, एडेली, चिन्स्ट्राप, सानो वा फेयरी, ब्लु, म्यागल्यानिक, हम्बोल्ट, ग्यालापागोस्, अफ्रिकन, पहेंलो आँखे, फियोडर्डल्यान्ड, स्नेयर्स, इरेक्टक्रेस्टेड, सदर्न रकहोपर, नर्दर्न रकहोपर, रोयल, म्याकारोनी आदि रहेका छन् ।
पेन्गुइन विशेषज्ञहरूले यसको जीवांश अध्ययनबाट पेन्गुइनका प्रजाति २५ वटा रहेको पाइएको छ । तर, धेरैजसो त लोप भएर हराइसकेका छन् । पहिलेपहिले अन्टार्कटिका महादेशमा पाइने पेन्गुइन हिउँ पग्लिएपछि पग्लिएको हिउँपानी र आइसवर्गसँगै दक्षिण अफ्रिका, चिली, पेरु, ग्यालापागोस द्वीप, न्युजिल्यान्ड, अस्टे«लियालगायतका देशमा पेन्गुइन बगेर आई भेटिन थालेका छन् ।

हिउँ भए पनि दक्षिणी गोलाद्र्धमा भने पेन्गुइन पाइएका छैनन्् । सुरुमा पेन्गुइन नामकरण कसरी गरियो ? यो भने आश्चर्यको विषय बनेको छ । जानकारीमा आएअनुसार चराजस्तो तर चराकै प्रजातिमा नपर्ने भनेर पेन्गुइन नाम दिइएको बताइएको छ । यो नाम निकै पुरानो नाम हो ।
त्यसो भए पेन्गुइन चरा होइनन् त ? चरा त हुन्, तर अरू चरा जस्ता होइनन् । पहिलेपहिले त मानिसहरूले यिनलाई स्तनधारी नै सम्झन्थे । पेन्गुइनका पखेटा हुन्छन्, फुल पार्दछन् र बच्चा कोरल्दछन् । ती उड्न सक्दैनन् । तिनीहरू तातो रगत भएका प्राणी हुन् ।
यिनीहरूको प्वाँख हुन्छन् । तर, प्वाँखहरू निकै छोटा र मसिना हुन्छन् । यिनका शरीरमा यति धेरै र साना मसिना प्वाँख हुन्छन् कि हाँसजस्तै यिनीहरूको शरीर कहिल्यै पनि पानीमा भिज्दैन । खुट्टामा पनि कुचालक पत्रले पुरै बेरेको हुन्छ र चिसो शरीरमा पस्दैन । खुट्टा छोटा र मजबुत हुन्छन् । यति छोटा खुट्टामा पनि घुँडा हुन्छन् । अचम्मको कुरा त के भने यी घुँडाहरू हिउँमाथि हिँड्दा सीधासीधा हिँड्ने भएकाले पानीमा पौडिदा मात्र खुम्चने र निकै गतिमा पौडन सहयोगी सिद्ध हुने गरेका छन् । पेन्गुइनका लागि हिँड्नु निकै कठिन काम हो भने पानीमा पौडिनु त हावामा उड्नुबराबर नै हो । भनिन्छ, सिकारी सार्क र ह्वेलका गतिहरू पनि पेन्गुइनले सजिलै छल्ने र छक्याउने गर्दछन् ।

चिसो वातावरण र हिउँमा बस्ने प्राणी वा चरा भए पनि यिनीहरूले जाडो याममा चिसोको अनुभूति गर्दछन् । पानीमा बस्ने भए पनि माछाले पुसको महिना पुरै र माघको आधासम्म ‘मिन पचास’ अर्थात् माछाका लागि ५० दिने जाडोको समय मानिन्छ । त्यसैगरी, हिउँमा बस्ने पेन्गुइनले पनि जाडो मान्ने गर्दछन् । जाडो मौसममा पोथी पेन्गुइनले पारेको अण्डा भाले पेन्गुइनले बच्चा नकोरिलासम्म आफ्ना खुट्टामा राखेर चिसोबाट बचाई बच्चा निकाल्दछन् ।
यो विशेष गरी अति जाडो पनि सहन सक्ने इम्पेरर प्रजातिको पेन्गुइन र त्यसमा पनि भाले जातकाले सहन गर्न र यो दायित्व वहन गर्न सक्छन् । यो कठिन काम भाले पेन्गुइनले गरिरहँदा पोथी पेन्गुइन भने समुद्रमा डुल्ने र माछा खाने गरिरहेका हुन्छन् ।

पेन्गुइनका खुट्टाहरू चिसिने र जम्ने पनि गर्दछन्् । तर, यिनीहरूको शरीरमा ताप पैदा गर्ने अनौठो शक्ति हुन्छ । यो ताप मुटुबाट नै पैदा हुन्छ र उनीहरूको खुट्टासम्म प्रसार हुन्छ । फेरि त्यो चिसिएको रगत मुटुमा फर्कन्छ । यतिले पनि नपुगेमा उनीहरूको शरीर र मुटुमा प्रतिताप पैदा हुन्छ । यसले उनीहरूको जीवन समाप्त हुनबाट बचाउँछ । सेटेलाइटको माध्यम र सहयोगबाट पेन्गुइन गणना गरिँदै आइएको छ ।
किङ पेन्गुइन तीन हात अग्ला हुन्छन् । हाल लोप भइसकेका प्रजातिमध्ये एन्थोपोर्निस नोर्डेन्स्क्जोल्डी भनिने पेन्गुइन त चार हात अर्थात् मानिस जतिकै अग्ला हुने गर्दथे ।
हिम चितुवा नै पेन्गुइनको सबैभन्दा ठूलो शत्रु हो । हुन त सिल माछा र सार्क तथा अन्य माछाहरूले पनि पेन्गुइनको सिकार गर्ने र खाने गर्दछन् । हिउँ भालु पनि पेन्गुइनका लागि उत्तिकै खतरा मानिन्छ ।

(Visited 206 times, 1 visits today)
Loading comments...