सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

‘सरकारले वाइडबडी जहाज प्रकरणलाई लुकाउन खोज्यो’

राजधानी समाचारदाता
4 months ago
23/03/2019

काठमाडौं। कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारले वाइडबडी जहाज प्रकरणलाई लुकाउन खोजेको आरोप लगाएका छन् । कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवसका अवसरमा जीपी कोइराला फाउन्डेसन काठमाडौं जिल्ला समितिले राजधानीमा शुक्रबार गरेको कार्यक्रममा बोल्दै कोइरालाले सरकारले वाइडबडी प्रकणरण लुकाउन खोजेको बताएका हुन् ।

‘प्रधानमन्त्री केपी ओली नै वाइडबडी प्रकरणलाई लुकाउन खोज्दै हुनुहुन्छ, सरकारले यस विषयलाई सामसुम पार्न खोजेको छ, मन्त्री अधिकारी निर्दोष छन् भनेर प्रधानमन्त्रीले भन्नुभयो, त्यसले मात्र पुग्दैन, सरकारले दोषी पनि देखाउनुपर्छ,’ नेता कोइरालाले भने । उनले सरकारले राष्ट्रपतिलाई क्रियाशील बनाएर संविधानविपरीतका गतिविधिमा क्रियाशील बनाएको समेत बताए । ‘राष्ट्रपतिलाई घरी क्लाइमेट चेन्जको कार्यक्रममा पठाउने, घरी चाइना पठाउने, राष्ट्रपतिलाई क्रियाशील बनाएको देखियो, हामीले राष्ट्रपतिलाई सेरेमोनियल बनाउने सम्झौता गरेका हौं,’ उनले भने ।
कांग्रेस पार्टीको इतिहास आफैं मेटाउने दिशामा नेतृत्व हिँडेकामा चिन्ता व्यक्त गर्दै नेता कोइरालाले नेतृत्वलाई प्रश्न गर्दै भने, ‘कांग्रेस महासमितिमा प्रस्तुत दस्तावेजमा गिरिजाबाबुले संसद् पुनस्र्थापना गरेको कुरा कतै उल्लेख भएन, त्यो हुनुपर्ने पनि होइन, आफ्नो इतिहास आफैं किन मेटाउन खोजिँदै छ ? ।

नेत्री सुजता कोइरालाले पार्टीभित्र विवाद गर्नुको साटो विभिन्न गुट उपगुटलाई एकताबद्ध बनाएर लैजानु आजको आवश्यकता रहेको औंल्याइन् । उनले गुटलाई मिलाएर पार्टीलाई बलियो बनाउने दिशामा नेतृत्वले पहल गर्नुपर्नेमा जोड दिइन् । युवा नेता गगन थापाले कम्युनिस्ट सरकारले संघीयता नचाहेको भन्दै सरकारले यो व्यवस्थालाई नै धरापमा पार्न खोजेको बताए ।
‘अहिले विप्लव र सीके राउत कसैबाट पनि मुलुकलाई खतरा छैन, जनताको मत पाएर सत्तामा पुगेको यही सरकार र सरकार आबद्ध दलबाट खतरा छ, सरकार परिवर्तनलाई उल्टाउने दिशामा अघि बढेको छ,’ नेता थापाले भने ।

पार्टीभित्र गुट उपगुट हुनु स्वाभाविक भन्दै उनले पार्टीमा गुटभन्दा गिरोह हाबी भएका कारण पार्टी कमजोर भएको बताए । फाउन्डेसनले काठमाडौंको बत्तीसपुतलीमा ‘तस्बिरमा गिरिजाप्रसाद कोइराला’ नामक फोटो प्रदर्शनी गरेको छ । प्रदर्शनीमा स्व. कोइरालाको व्यक्तिगतदेखि राजनीतिक जीवनका महŒवपूर्ण तस्बिरहरू राखिएका छन् । १८ असार १९८१ मा जन्मिएका कोइरालाको ७ चैत २०६६ मा निधन भएको थियो ।

(Visited 52 times, 1 visits today)
Loading comments...