सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

पाकिस्तानको राष्ट्रिय दिवसमा भारत अनुपस्थित

एएनआई
4 months ago
23/03/2019

नयाँ दिल्ली, ९ चैत । पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा भारत अनुपस्थित हुने जनाएको छ । शनिबार मनाइएको पाकिस्तानको राष्ट्रिय दिवस मुल समारोहमा अनुपस्थित हुने निर्णय भारतले शुक्रबार गरेको थियो ।

जम्मु कश्मिरमा उत्पन्न पछिल्लो तनावपछि विग्रिएको सम्वन्धका कारण पाकिस्तानी कार्यक्रममा सहभागी नहुने निर्णय भएको भारतीय अधिकारीहरुले बताएका छन् । कार्यक्रममा कोही सहभागी नभएपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई औपचारिकतामा सिमित शुभकामना सन्देश भने पठाउनु भएको छ ।

सन्देशमा उहाँले राष्ट्रिय दिवसका अवसरमा पाकिस्तानी जनता र सरकारप्रति सुवेच्छा व्यक्त गर्नु भएको छ । उहाँले अहिलेको समय वार्ता र सहकार्यमार्फत् यस क्षेत्रको लोकतन्त्र, शान्ति, प्रगति र सम्बृद्धिका लागि काम गर्नुपर्ने बेला भएको उल्लेख गर्नु भएको छ ।

(Visited 35 times, 1 visits today)
Loading comments...