सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

बलीउड स्टारका घडी : हेर्नुस कसको कति महंगो

एजेन्सी
4 weeks ago
24/03/2019

मुम्बई । मोवाईल सेटको आगमनपछि धेरैले आफ्नो नारीमा घडी बाँध्न छाडेका थिए । तर पछिल्लो समय फेरी घडी आफ्नो नारीमा बाँध्ने क्रम सुरु भएको छ । पछिल्लो समय घडीले फेशनको रुपमा लिन थालेको छ । महँगो घडी लगाउने होड पछिल्लो समय चलेको छ । यस्तै बलिउडका कलाकारहरु पनि महँगा घडीका सौखिन छन् । तीनहरुले लगाउने घडीको बारे यहाँ चर्चा गरेका छौं ।

२ करोडको घडी लगाउँछन इमरान

बलिउड अभिेनता इमरान हाशमी दुई करोड एक लाख भारतीय रुपैयाँ पर्ने विशेषघडी लगाउँछन् । आफु घडीको ठुलो सौखिन रहेको यी अभिनेताले बताएका छन् । विश्वमा ३२ ओटा साँख्यामा मात्र नलिएको सबैभन्दा महँगो मध्यको घडी ‘अडेमार्स पिग्युट’ ब्रान्डको घडी लगाउँछन् । यो घडीको मुुल्य भारतीय रुपैयाँ २ करोड १ लाख रहेको छ । यो घडी भारतमा यी अभिनेतासँग मात्र छ । आफुसँग अरु पनि थुप्रे महँगा ब्रान्डका घडी भएको इमरानले बताउका छन् । आफु घडी प्रिय भएकाले महँगा ब्रान्डको घडी किनेर सँकलन गर्दै आएको पनि उनले बताएका छन् ।

शाहरुखको रोजाई रोलेक्स

किङ खानका रुपमा परिचित बलिउड अभिनेता शाहरुख खानसँग ट्याग ह्युईर ब्रान्डको थुप्रै घडीको कलेक्सन छ । तर आफुले रोलेक्स कस्मोग्राफ घडी लगाउने गरेको उनले बताएका छन् । सेतो सुनको डायल भएको यो घडीको मुल्य भारतीय बजारमा १२ लाख भारतीय रुपैयाँ रहेको छ । यो घडी आफुलाई मन पर्ने साहरुखको भनाई छ ।

दीपिकालाई मन पर्छ टिस्सोट

बलिउड अभिनेत्री दीपिका पादुकोण पनि घडीको सौखिन अभिनेत्री हुन् । तर आफुलाई टिस्सोट ब्रान्डका घडी नै मन पर्ने उनले बताएकी छिन् । अभिनेत्री दीपिकाले यो कम्पनीको क्लासिक प्रिंस डायमन्ड घडी पछिल्लो समय लगाउने गरेकी छिन् । यो घडीको मुख्य ८ लाख रुपैयाँ रहेको छ ।

अभिशेषको रोजाई ओमेगा घडी

बलिउड अभिनेता अभिषेक बच्चनको रोजाईको घडी ब्रान्ड ‘ओमेगा’ हो । उनी यो ब्रान्डको सीमास्टर ३०० ओमेगा मास्टर घढी लगाउँछन् । यो घडीको मूल्य सात करोडा ५० लाख रुपैयाँ रहेको छ ।

सैफ लगाउँछन् उल्टो घुम्ने घडी

अर्का अभिनेता सैफ अली खान पनि घडीका सौखिन हुन् । उनको नारीमा नयाँ नयाँ घडी देख्न पाइंदैन । उनी ‘जागर ली – कल्चरी रिभर्सो’ ब्रान्डका घडी लगाउँछन् । उल्टो दिशातर्फ सुई घुम्ने यो घडीको मूल्य लाख लाख रुपैयाँ रहेको छ ।

(Visited 194 times, 1 visits today)
Loading comments...