मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

डिल्ली विष्टसंग अदालतले माग्यो १० लाख धरौटी

राजधानी समाचारदाता
4 months ago
24/03/2019

 

काठमाडौं । निर्मला हत्या प्रकरण संलग्न भएको आरोप लागेका कञ्चनपुरका तत्कालिन एसपी डिल्ली विष्टलाई जिल्ला अदालत कञ्चनपुरले साँढे १० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

निर्मलाको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका दिलिपसिंह बिष्टलाई एसपी बिष्टले हिरासतमा यातना दिएको भन्दै परेको मुद्दामा ६ लाख रुपैयाँ र बलात्कार र हत्या हुँदाको प्रमाण नष्ट गरेको मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालतले साढे ४ लाख धरौटी माग गरिएको जिल्ला अदालत कञ्चनपुरले जनाएको छ ।

न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले आइतबार दुवै मुद्दामा छुट्टाटुट्टै धरौटी रकम मागेको हो । विष्टलाई साढे १० लाख बुझाएर तारेखमा छोड्न र नबुझाए थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको छ । गएको साउन १० गते घरवाट हराएकी निर्मलाको साउन ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा शब भेटिएको थियो ।

(Visited 88 times, 1 visits today)
Loading comments...