बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

मधेसका शहीद परिवारलाई मिलनको सहयोग

राजधानी समाचारदाता
1 month ago
26/03/2019

 

काठमाडौं। गायिका मिलन नेवार र गायक एवं संगीतकार राजनराज शिवकोटीलाई सुनसरी इटहरीमा रहेको शहीद स्मृति आवासीय माध्यमिक विद्यालयले सद्भावना दूत नियुक्त गरेको छ ।

सोही अवसरमा विद्यालयलगायतका सामाजिक सेवामा सक्रिय ‘मिलन च्यारिटी फाउन्डेसन नेपाल’ले सांस्कृतिक कार्यक्रम ‘मरा साँझ’ अभियानको पहिलो कार्यक्रम ३० मार्चमा यूकेबाट सुरु गर्ने भएको छ ।

विद्यालयले आफूलाई सद्भावना दूत बनाएकामा गायिका नेवारले खुसी व्यक्त गर्दै राजधानीसँग भनिन्, ‘म विद्यालय परिवारप्रति आभार व्यक्त गर्दछु । विद्यालयको हर सुखदुःखमा हाम्रो साथ रहनेछ ।’

२०६६ सालदेखि इटहरी उपमहानगरपालिका वडा नं. २५, भवानीपुरमा सञ्चालित शहीद स्मृति आवासीय उच्च माध्यमिक विद्यालय सञ्चालन भइरहेको छ । सो विद्यालयमा मधेस आन्दोलनमा शहीद भएका परिवारका बालबालिका अध्ययन गरिरहेका छन् ।

आधुनिक, व्यावसायिक, आत्मनिर्भर र गुणस्तरीय शिक्षा भन्ने उद्देश्यसहित अंग्रेजी माध्यमबाट विद्यालयले पठनपाठन गरिरहेको छ । विद्यालयमा ४ सय असहाय विद्यार्थीले अध्ययन गरेको विद्यालयले जनाएको छ । ती विद्यार्थीको शिक्षाका लागि सहयोग गर्न गायिका नेवारले आफूले विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

शहीद, बेपत्ता तथा घाइते सन्ततिका परिवारलाई जीवनमुखी शिक्षा प्रदान गर्ने विद्यालयको उद्देश्य रहेको छ भने सीमान्तकृत, अल्पसंख्यक तथा बहिष्करणमा पारिएका समुदायका बालिबालिकालाई क्रमशः शैक्षिक अवसर प्रदान गर्दै जाने योजना बनाइएको छ ।

(Visited 19 times, 1 visits today)
Loading comments...