सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

काठमाडौमा वर्षा, उच्च हिमाली भेगमा फेरि हिमपात

राजधानी समाचारदाता
4 months ago
26/03/2019

 

काठमाडौं । मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिसम्म देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ । मध्य र पुर्वीपहाडी भेगका एक दुइ स्थानमा मेघ गर्जनसहितको वर्षाको सम्भावना छ ।

बुधबार देशको पूर्वी क्षेत्रमा र अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । बिहीबारपछि मात्रै मौसमा फेरबदल आउने छ । रासस

(Visited 97 times, 1 visits today)
Loading comments...