सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

राप्रपामा २३ पदाधिकारी मनोनित

राजधानी समाचारदाता
4 months ago
26/03/2019

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीमा रिक्त पदाधिकारी मनोनित गरेका छन ।
अध्यक्ष थापाले पार्टी विधान अनुसार मंगलबार दुई वरिष्ठ उपाध्यक्ष र सात जना उपाध्यक्ष, दुई महामन्त्री सहित सहमहामन्त्री, प्रवक्ता र अन्य केही पदाधिकारी मनोनित गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका हुन ।

जसअनुसार बुद्धिमान तामाङ र राजीव पराजुलीलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिइएको छ । यस्तै उपाध्यक्षमा प्रेमबहादुर भण्डारी, टंक ढकाल, नरेन्द्रबहादुर चन्द, तोरणबहादुर गुरुङ, रोशन कार्की, भीमप्रसाद गौचन र महेशलाल महासेठलाई मनोनित गरिएको छ ।

यसैगरी महामन्त्रीहरुमा राजेन्द्र लिङ्देन र धवल शम्शेर जवरालाई जिम्मेवारी दिइएको छ । लिङ्देन राप्रपाका तर्फबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक मात्र सांसद हुन ।

अध्यक्ष पापाद्धारा मनोनित अन्य पदाधिकारीहरुमा प्रवक्तामा सुशील श्रेष्ठ, भुवन पाठक र नीलकण्ठ काफ्ले छन । यस्तै सह महामन्त्रीमा चन्द्रबहादुर गुरुङ, कुन्ती शाही, दीपक बहादुर सिंह, भक्तिप्रसाद सिटौला, अर्जुन राई र भरत रायमाझी छन ।

यसैगरी सहायक महामन्त्रीमा लीलादेवी श्रेष्ठ र मदन बहादुर कार्की मनोनित भएका छन । सहायक प्रवक्ताको जिम्मेवारी भने रमानन्द न्यौपानेलाई दिइएको छ ।
केही दिन अघि मात्रै अध्यक्ष थापाले १८ जना केन्द्रिय सदस्य र १४ जना आमन्त्रित केन्द्रिय सदस्य मनोनित गरेका थिए । उनले राप्रपा (प्रजातान्त्रिक) बाट आएका वरिष्ठ नेता दिपक बोहरालाई पार्टीमा सन्तुलित भूमिका दिनका लागि उनी पक्षका सहितका नेताहरुलाई पार्टीमा जिम्मेवारी दिएका हुन ।

(Visited 114 times, 1 visits today)
Loading comments...