बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

भाजपा उम्मेदवारको दोस्रो सूची, मुरली मनोहरले पाएनन् टिकट

एजेन्सी
1 month ago
26/03/2019

नयाँ दिल्ली । आगामी महिनादेखि सुरु हुने लोकसभा निर्वाचनका लागि भारतीय जनता पार्टीले उम्मेदवारहरुको दोस्रो सूची जारी गरेको छ ।

भाजपाले अघिल्लो साता पहिलो सूची जारी गर्दै एक सय ८४ उम्मेदवारको नाम सार्वजनिक गरेको थियो ।

दोस्रो सूचीमा कानपुरबाट भाजपाका वरिष्ठ नेता मुरली मनोहर जोशीको टिकट काटिएको छ । उनको स्थानमा भाजपाले सत्यदेव पचौरीलाई आफ्नो उम्मेदवार बनाएको छ । मंगलबारमात्रै भाजपामा आएकी जयाप्रदालाई भाजपाले रामपुरबाट उम्मेदवार बनाएको छ ।

जयाप्रदा समाजवादी पार्टीकी पूर्वनेता तथा राज्इसभा सदस्य अमर सिंहकी नजिककी सहयोगी हुन् । उनी समाजवादी पार्टीबाट दुई पटक रामपुरको सांसद बनिसकेकी छन् ।

उनको प्रतिस्पर्धा अब समाजवादी पार्टीका वरिष्ठ नेता आजम खानसँग हुनेछ । कांग्रेसले भने सो स्थानबाट संजय कपुरलाई उम्मेदवार बनाएको छ ।

भाजपाले आफ्ना उम्मेदवारको दोस्रो सूचीमा ३९ जना उम्मेदवारको नाम घोषणा गरेको छ । जसमा २९ जना उत्तर प्रदेशका उम्मेवार छन् भने १० जना उम्मेदवार पश्चिम बंगालका रहेका छन् ।

भाजपाले यो सूचीमा उम्मेदवारहरुलाई यताउता सारिएको छ । रामशंकर कठोरियाको टिकट आगराबाट काटिएको छ । तर भाजपाले इटावाबाट उनलाई आफ्नो उम्मेदवार बनाएको छ ।

यसैगरी वरुण गान्धीलाई सुल्तानपुरबाट पीलीभीतमा पठाएको छ । मेनका गान्धीलाई पीलीभीतबाट सारेर सुल्तानपुर लगिएको छ ।

यसअघि उनी हरियाणाको करनालबाट चुनाव लड्न इच्छुक रहेको बताएकी थिइन् । यो सूचीमा उत्तर प्रदेशका धेरैजसो उम्मेदवारको नाम जारी गरिएको छ ।

उत्तर प्रदेश भाजपाका अध्यक्ष महेन्द्रनाथ पाण्डेयलाई चन्दौलीबाट उम्मेदवार बनाएको छ । उनकी बुहारी अभी हालै भाजपामा प्रवेश गरेकी छन् ।

(Visited 157 times, 1 visits today)
Loading comments...