बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

युवा विदेश पठाउनुहुँदैन : मन्त्री अर्याल

रासस
1 month ago
26/03/2019

स्याङ्जा । भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले युवालाई विदेश पठाउन नहुने बताएकी छन् ।

मन्त्री अर्यालले युवाहरुलाई विदेश पठाउने होइन नेपाललाई विदेशी युवाको आकर्षणको थलोको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

मन्त्री अर्यालले आधिखोला गाउँपालिकाको वडा नम्बर २ र ५ जोड्ने भैरवकुण्ड मोटरेवल पुलको शिलन्यास गर्दै प्रत्येक घरका एक जना सदस्यलाई रोजगारी दिने उद्देश्यका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको बताए ।

पाँच वर्षमा जनताले देख्ने गरी समृद्धितर्फ देश अगाडि बढ्ने बताउँदै अहिले एक वर्षमै सरकारको समृद्धिको योजनाको मुल्यांकन गर्ने बेला भई नसकेको बताए ।

(Visited 90 times, 1 visits today)
Loading comments...