सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

एकताले मात्र कांग्रेसको जीत : कोइराला

राजधानी संवाददाता
4 months ago
26/03/2019

तुलसीपुर । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले कांग्रेसभित्रको एकता र जनतासँंगको सुमधुर सम्बन्धले मात्र कांग्रेसको जीत सम्भव हुने बताएका छन् ।

घोराही उपमहानगरपालिका–१९ को सैंघास्थित लाकुरीडाँडामा सशस्त्र द्वन्द्वका क्रममा मारिएका कांग्रेस नेता स्वर्गीय लालबहादुर घर्ती र माधव रावतको शालीक अनावरण तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रमा उनले सो कुरा बताए ।

त्यसका लागि गाउँका कांग्रेसलाई एक हुनसमेत महामन्त्री कोइरालाले आग्रह गरे । ‘गाउँमा कार्यकर्ता एक भए केन्द्रमा नेता एक नभइ सुख हुँदैन् एक हुनुहोस्’, उनले भने ।

उनले गाँउ गाँउबाट कांग्रेस एक छ र हुनुपर्छ भन्ने सन्देश कार्यकर्ताले केन्द्रसम्म दिनपर्ने बताए ।

त्यस्तै उनले अर्को प्रसंगमा वर्तमान सरकारका गतिविधिका कारण देश अप्ठे्यारो परिस्थितिमा पुगेको बताए । कोइरालाले लोकतन्त्रलाई संस्थागत गर्दै समृद्ध समाज निर्माण गर्ने बाटोमा सरकार लाग्नुपर्ने बताए ।

(Visited 30 times, 1 visits today)
Loading comments...