बुधवार ११ आषाढ, २०७६ (Wednesday, 26th June 2019)
११ आषाढ, २०७६ (26 June 2019)

दुईपटक बेचिएको ऐफल टावर

एजेन्सी
3 months ago
06/04/2019

सन् १९२५ तिरको कुरा हो । भिक्टर लस्टिङ भन्ने मानिस पेरिसको एउटा होटलको कोठामा बसिरहेको थियो । उसले चिया खाँदै ऐफल टावरको बारेमा लेखिएको समाचारपत्र पढिरहेको थियो । त्यसमा लेखिएको थियो कि टावरमा प्रयोग गरिएका सबै फलामे तथा स्पातका सामानहरू मक्किइसकेका छन् र कामै नलाग्ने भएका छन् । यसको मर्मतका लागि फ्रान्सको सरकारले त्यति पैसा खर्च गर्न सक्दैन, जति यसको मर्मतका लागि लाग्छ । उसले बारम्बार उक्त लेख पढ्यो र लेखको अन्त्यमा टुंग्याइएको एउटा वाक्यमा उसका आँखा निकै बेर अडिए । त्यो थियो अब सरकारको पनि मर्मत गर्ने हैससियतभन्दा टाढा रहेकाले उक्त टावर उचित मूल्यमा बिक्री गर्नुको विकल्प छैन ।

भिक्टरको आँखा खुलेको जस्तो लाग्यो । उसले सोच्यो यो बिक्री गर्ने काम त उसले गर्न सक्छ । तर, ऐफल टावर भने उसको स्वामित्वमा छैन । तर पनि ऊ निकै उत्साहित भयो । यसले सोच्यो कि यो काम सजिलैसँग गर्न सकिनेछ । ऊ महा ठग थियो र ढाँटेर काम पट्याउन माहिर पनि । उसलाई आज यो कुराले निकै प्रफुल्लित बनायो र उसभित्र खुसीको सीमा नै रहेन ।
उसका जेलमा रहँदाका विभिन्न जीवनीका तथ्यांकहरूमध्ये भरपर्दो कुरा के हो भने ऊ हस्टिन भन्ने अस्ट्रिया–हंगेरीको, सानो सहर, जो आज चेक गणतन्त्रमा पर्छ त्यहाँ जन्मिएको थियो । सहरमा उसको परिवार निकै गरिब र असहाय थिए । तर, उसको बाबु भने त्यो सहरका मेयर पनि भइसकेका थिए ।

युवा छँदा मेधावी छात्रका रूपमा ऊ परिचित थियो । तर, ऊ किताबी ज्ञानमा भन्दा जनसम्बन्धमा निकै चासो राख्ने गथ्र्याे । ऊ यति धेरै चलाक थियो कि मान्छे देखेपछि उसको चरित्र बुझेर तुरन्त उसलाई प्रयोग गरिहाल्थ्यो । भाषा त यति छिटो जान्दथ्यो कि उसले बोलेको देखेर मातृभाषी पनि छक्क पर्थे । उसले चेक, जर्मन, इटाली, अंग्रेजी र फ्रान्सेली भाषा निकै चाखलाग्दो गरी बोल्थ्यो । उसले अरूमाथि दबाब दिँदैनथ्यो तर यति प्रभाव पारिदिन्थ्यो कि उसको कुरामा शतप्रतिशत विश्वास गर्थे ।

ऊ जुवा असाध्यै खेल्थ्यो । तासका ट्रिकहरू उसले यति धेरै जानेको थियो कि मानिसहरू फसिहाल्थे । उसलाई सबैले सुस्पष्ट बोल्ने र निकै पतयारिलो रूपमा कुरा गर्ने वार्ताकारका रूपमा पनि लिन्थे । ऊ सधैं एक जेन्टलम्यानको पहिरनमा रहेको हुन्थ्यो । ऊ दुवै गालावरपर लामालामा कानजस्ता कपडा राखेर आफ्नो भेष बदलिइरहन्थ्यो ।
त्यतिबेला अमेरिकामा पैसा निकै थियो । त्यहाँका धनाढ्यहरू पैसा पोका पारेर पेरिस घुम्न आउँथे । भिक्टर लस्टिङको पहिलो नजर र पहिलो सिकारमा उनीहरू नै पर्दथे । उसले पेरिसमा धनीमानीहरूलाई जम्मा पारेर यही कला प्रयोग गरी आफूसँग रहेको पैसा बनाउने भाँडो भन्दै नक्कली यन्त्रहरू बेच्न थाल्यो । यी भाँडाहरू त्यति बेलामा पनि २० हजार डलरदेखि ३० हजार डलरसम्म बिक्री हुन थाले । उसले ती बाकसमा पहिल्यै डलरहरू राखेको हुन्थ्यो र ती डलरहरू छापिएका झैं बाकसबाट बाहिर आउँथे । अमेरिकी धनाढ्यहरू चकित पर्थे । यी नोट छापिन र प्रत्येक एउटा नोट बाकसबाट प्रिन्ट भएर निस्कन ६ घण्टा लाग्थ्यो, त्यतिबेलासम्म धैर्य गरेर बस्नुपथ्र्याे ।

ऊ योभन्दा धेरै पैसा केबाट कमाइ हुन्छ भनेर लागी परिरहेको थियो । जब उसले ऐफल टावर भेट्टायो, उसलाई स्वर्ग भटिएझैं लाग्यो । पहिले त उसले नयाँ नक्कली परिचय बनायो । दोस्रो कुरा उसले सरकारको दुरुस्त कागजपत्र तयार पा¥यो । त्यसपछि उसले पाँचवटा आफल सबैभन्दा ठूला स्टिल कम्पनीलाई आमन्त्रण ग¥यो, प्यारिसको क्रिलोन होटलमा । होटल क्रिलोन सरकारी तथा औपचारिक भेटघाटको मुख्य थलो थियो ।
भेटघाटमा उसले ऐफल टावर बेचिनुको विस्तृत विवरण सुनायो । उसले पाँच जनामध्ये एउटाको मनोभाव यसरी समायो कि ऊ टावर कुनै पनि हालतमा अरूको हातमा नजाओस् भन्नेमा चिन्तित छ भन्ने एकिन ग¥यो । त्यो एन्ड्रे पोइजन नाम गरेको मानिस थियो । ऊ पेरिसमा जम्न चाहन्थ्यो ।

भिक्टर लस्टिङले भ्रष्ट कर्मचारीहरूको सहारा लियो । उनीहरूबाट आवश्यक काजात लिएर पोइजनबाट ठूलो रकम लिएर भियनातर्फ बाटो लाग्यो । पोइजनले पछि मात्र थाहा पायो कि यो काम झुट्टा थियो ।
केही समयपछि लस्टिङ फरि पेरिसमा आयो । उसले अर्को मानिसलाई त्यही ऐफल टावर त्यसै गरेर फेरि बिक्री ग¥यो । लिनेले यो गलत भएको थाहा पाएपछि मुद्दा हाल्यो तर लस्टिङ भागेर अमेरिका गइसकेको थियो ।

(Visited 354 times, 1 visits today)
Loading comments...