सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

सभामुख  महरा (आईपीयू)को १४०औं बैठकमा सहभागी हुन कतारमा

राजधानी समाचारदाता
2 weeks ago
08/04/2019

दोहा । कतारको दोहामा ६-१० अप्रिल २०१९ सम्म आयोजना हुन गैरहेको (इन्टर पार्लियामेन्ट्री युनियन (आईपीयू)को १४०औं बैठकमा सहभागी हुने सिलसिलामा ९ सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डको नेतृत्व गर्दै सम्माननीय सभामुख  कृष्णबहादुर महरा अप्रिल ५ तारिक दोहामा आइपुग्नु भएको छ ।

प्रतिनिधिमण्डलमा सांसद पुष्पा भुसाल, शान्ता चौधरी, हरिचरण सिवाकोटी, विमलप्रसाद श्रीवास्ताव, लक्ष्मणलाल कर्ण, संसद् सचिवालयका महासचिव मनोहर भट्टराई र प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलगायत सहभागी रहनु भएको छ । यही चैत २३ देखि २७ गतेसम्म चल्ने सो महासभामा उनले ‘शान्ति, सुरक्षा र कानूनी शासनको शिक्षा अभिवृद्धि गर्न संसद् उपयुक्त मञ्च’ शीर्षकअन्तर्गतको छलफलमा उनले नेपालको धारणा प्रस्तुत गर्नु हुनेछ ।

महासभाका क्रममा हुने महिला सांसदको बैठकमा नेपालको तर्फबाट पुष्पा भुसाल र युवा संसद् सदस्यको बैठकमा शान्ता चौधरीले सहभागिता जनाउनु हुनेछ ।

(Visited 15 times, 1 visits today)
Loading comments...