सोमवार ६ जेठ, २०७६ (Monday, 20th May 2019)
६ जेठ, २०७६ (20 May 2019)

सहकारी मोडेलमा गाउँगाउँमा बैंकिङ सेवा दिन्छौं

1 month ago
10/04/2019

 

 

 

बोधराज देवकोटा

डेपुटी सीईओ, सिटिजन्स बैंक इन्टरनेसनल प्रालि

 

 

डेपुटी सीईओमा नियुक्त हुनुभएकोमा यहाँलाई बधाई छ ।

धन्यवाद ।

जिम्मेवारी बढ्यो, अब बैंक कसरी अगाडि बढाउने योजना छ ?

हामी रिसोर्स ग्यापको हिसाबले अघि बढ्ने योजना बनाइरहेका छौं । अहिले प्रत्येक स्थानीय तहमा बैंक पुगेका छन् । पहिले यस्तो अवस्था थिएन । त्यसले गर्दा पनि बैंकले आफ्नो विजनेसको साइज बढाउन सक्छन् । बैंक हरेक स्थानीय तहमा पुगेपछि निक्षेप वृद्धि हुनुका साथै कर्जाको पनि माग बढिरहेको छ । यसले बैंकको ग्रोथ गर्न सहयोग पु¥याउँछ । मुलुकमा स्थायी सरकार बनेकाले मुलुक नै एक हिसाबले शान्तिपूर्ण बन्दै छ । यस्तो अवस्थामा हरेक बैंक तथा वित्तीय संस्थालाई आफ्नो विजनेस विस्तार गर्न सहयोग पुग्छ ।

प्रशस्त निक्षेप नहुँदा बैंक लगभग यो वर्ष पूरै तरलताको समस्यामा परे, निक्षेप संकलन गर्ने योजना केके छन् ?

हामी निक्षेप संकलनको मामिलामा सिरियस नै छौं । पछिल्लो समय बैंकहरू पनि सहकारी मोडेलमा आमजनताको घरदैलोमा पुगेका छन् । हामी पनि त्यसैगरी हरेक जनताको घरदैलोमा पुगेर सेवा दिने तथा निक्षेप संकलन गर्ने काम गरिरहेका छौं । वित्तीय साक्षरता सञ्चालन गर्दै हरेक गाउँगाउँ पुग्ने योजना छ ।

थप लगानीयोग्य पुँजी वृद्धि गर्न बैंकहरूले धमाधम ऋणपत्र जारी गरिरहेका छन्, तपाईंहरूको योजना के छ ?

हामीले पनि ऋणपत्र निष्कासन गर्ने विषयमा योजना बनाएका छौं । तर के कति निष्कासन गर्ने भन्ने यकिन भएको छैन । विजनेसको साइज हेरेर हामी निष्कासन गर्ने तयारीमा छौं । सायद अर्काे वर्षको लागि हुन्छ होला ।

बैंकको सेवाका विषयमाभन्दिनुहोस न् ।

‘योर पार्टनरफर प्रोग्रेस’ भन्ने नारालाई आत्मसात् गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पु¥याउँदैै आएको सिटिजन्स बैंकले देशभर ८१ वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाइबाट करिब ४ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी, शाखासँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाइजस्ता कार्य छिटोछरितो, र चुस्तदुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सातवटै प्रदेशमा प्रादेशिक कार्यालयहरूको स्थापना गरेर सेवा विस्तार गरेको छ ।

 

(Visited 24 times, 1 visits today)
Loading comments...