मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

हाइड्रोजन बम र आणविक अस्त्रको त्रास

एजेन्सी
3 months ago
12/04/2019

उत्तर कोरियाले सन् २०१७ को सेप्टम्बर महिनामा शक्तिशाली हाइड्रोजन बमको परीक्षण गर्यो । यसको निकै विरोध भयो, त्यो पनि आणबिक शक्ति सम्पन्न देशहरुबाट । सबैभन्दा बढी त अमेरिकाले नै यसको विरोध गर्यो ।

अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि उनी एक नम्बर दुश्मन नै घोषित भए । उत्तर कोरियाको यो परीक्षणले संसारका आणविक देशहरु कुनैलाई पनि अछुतो राखेन र सबैले खेद व्यक्त गरे र निन्दा तथा भत्र्सना पनि गरे ।

यसको प्रचार र निन्दा त यति सम्म पनि गयो कि यो विश्वव्यापी भूकम्प गए झैं भयो । तर एउटा सत्य कुरा के पनि थियो भने यसको परीक्षण गरिएको उत्तर कोरियाको भूभागमा निकै शक्तिशाली भूकम्पको झट्काको महसुस भएको थियो ।

यी हतियारहरु अन्य कुनै प्रयोजनका लागि भन्दा पनि मान्छे मार्नकै लागि हो यस्तो नरसंकारकारी हतियारको परीक्षण र निर्माण सबैभन्दा पहिले अमेरिकाले नै गरेको थियो । त्यसपछि तात्कालिन सोभियत संघले गरेको थियो ।

यी दुबैमा विचारधारात्मक र प्रविधिगत तीब्र प्रतिस्पर्धा थियो । युरोपीय देशहरु धेरैजसो अणु परमाणु शक्ति सम्पन्न राष्ट्रहरु नै छन् । पछि त पाकिस्तान र उत्तर कोरिया पनि यो कित्तामा सामेल भए । यो लगभग २१ औं शताब्दीको पूर्वाद्र्धमा भयो । यी हतियार निकै विनासकारी हुने, मानव जगतका लागि विध्वंशकारी र प्रकृतिका विनाशक हुने भएकाले आम मानिसमा निकै त्रास र भय पैदा गर्दछन् ।

मानिसले मानिसमाथि त्रास र आतंकको राज गर्न निर्माण गरिएका हतियारहरु हुन् यी सबै । दोस्रो विश्वयुद्धमा अमेरिकी आतंक र कब्जाका लागि जापानको हिरोसिमा र नागासाकीमा लिटल ब्वाय र फ्याट म्यान नामक दुई परमाणु बम खसाई जापानीहरुमाथि अमेरिकी आतंकको राज खडा गरिएको थियो ।

आजसम्म पनि जापानमा अमेरिकी राज कायम छ र त्यहाँ अमेरिकी निर्देशन र शासन छ, भलै जापानीले आफूहरुले स्वतन्त्र रुपमा शासन गरिरहेको जस्तो गरिरहेका छन् । यो आतंक अबका विशवमा नहोस् भनेर निरन्तर त्यहाँ शान्तिको बत्ति बालिइहेको छ ।

जापानको हिरोसिमा र नागासाकीमा अहिले पनि नयाँ शिशु केही न कही शारीरिक खोट लिएर जन्मने गरेका उदाहरणहरु छन् । यसको निकै लामो र दीर्घकालिन असर रहन्छ । यो असर जापानी निर्दोष नागरिकहरुले भोगिरहेका छन् ।

बेलायतले आफ्ना अणु परमाणु अस्त्रहरुलाई बंकर बनाएर राख्ने गरेको छ । तर ती भूकम्प र ज्वालामुखीबाट भने सुरक्षित छैनन् । केवल बाहिरी आवरणमा सुरक्षित देखिएका छन् । बेलायतले यस्ता परमाणु घरहरुलाई पिण्डाकारमा सुरक्षित बंकर बनाएर राखेको देखिन्छ ।

यसको तत्कालको कारण भनेको कुनै पनि कारणले बिष्फोट भएमा बाहिरी सतहमा तत्कालै प्रभाव पार्न सकिदैन र मानिसहरुलाई बचाउन सकिन्छ । अमेरिकामा भने यदि अणु परमाणु बम बिष्फोट भए भने कसरी बच्ने भनेर निकै तालिम दिने गरिएको छ पछिल्लो पटक । यसले विश्वयुद्ध फेरि पनि कुनै बेला हुने नै छ भन्ने देखाउँछ ।

(Visited 352 times, 1 visits today)
Loading comments...