बिहिवार ५ भाद्र, २०७६ (Thursday, 22nd August 2019)
५ भाद्र, २०७६ (22 August 2019)

आणविक अस्त्रको त्रास

एजेन्सी
4 months ago
13/04/2019

उत्तर कोरियाले सेप्टम्बर महिनामा शक्तिशाली हाइड्रोजन परीक्षण ग¥यो । यसको निकै विरोध भयो, त्यो पनि आणबिक शक्तिसम्पन्न देशहरूबाट । सबैभन्दा बढी त अमेरिकाले नै यसको विरोध ग¥यो । अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि उनी एक नम्बर दुस्मन नै घोषित भए । उत्तर कोरियाको यो परीक्षणले संसारका आणविक देशहरू कुनैलाई पनि अछुतो राखेन र सबैले खेद व्यक्त गरे र निन्दा तथा भत्र्सना पनि गरे ।  यसको प्रचार र निन्दा त यतिसम्म पनि गयो कि यो विश्वव्यापी भूकम्प गएझैं भयो । तर, एउटा सत्य कुरा के पनि थियो भने यसको परीक्षण गरिएको उत्तर कोरियाको भूभागमा निकै शक्तिशाली भूकम्पको झटकाको महसुस भएको थियो ।

यी हतियारहरू अन्य कुनै प्रयोजनका लागि भन्दा पनि मान्छे मार्नकै लागि हो यस्तो नरसंकारकारी हतियारको परीक्षण र निर्माण सबैभन्दा पहिले अमेरिकाले नै गरेको थियो । त्यसपछि तात्कालीन सोभियत संघले गरेको थियो । यी दुवैमा विचारधारात्मक र प्रविधिगत तीव्र प्रतिस्पर्धा थियो ।
युरोपीय देशहरू धेरैजसो अणुपरमाणु शक्ति सम्पन्न राष्ट्रहरू नै छन् । पछि त पाकिस्तान र उत्तर कोरिया पनि यो कित्तामा सामेल भए । यो लगभग २१औं शताब्दीको पूर्वाद्र्धमा भयो । यी हतियार निकै विनाशकारी हुने र मानव जगतका लागि विध्वंशकारी र प्रकृतिका विनाशक हुने भएकाले आममानिसमा निकै त्रास र भय पैदा गर्दछन् ।

मानिसले मानिसमाथि त्रास र आतंकको राज गर्न निर्माण गरिएका हतियारहरू हुन् यी सबै । दोस्रो विश्वयुद्धमा अमेरिकी आतंक र कब्जाका लागि जापानको हिरोसिमा र नागासाकीमा लिटल ब्वाय र फ्याट म्यान नामक दुई परमाणु बम खसाई जापानीहरूमाथि अमेरिकी आतंकको राज खडा गरिएको थियो । आजसम्म पनि जापानमा अमेरिकी राज कायम छ र त्यहाँ अमेरिकी निर्देशन र शासन छ, भलै जापानीले आफूहरूले स्वतन्त्र रूपमा शासन गरिरहेको जस्तो गरिरहेका छन् ।

यो आतंक अबका विश्वमा नहोस् भनेर निरन्तर त्यहाँ शान्तिको बत्ती बालिरहेको छ । जापानको हिरोसिमा र नागासाकीमा अहिले पनि नयाँ शिशु केही न कही शारीरिक खोट लिएर जन्मने गरेका उदाहरणहरू छन् । यसको निकै लामो र दीर्घकालीन असर रहन्छ । यो असर जापानी निर्दोष नागरिकहरूले भोगिरहेका छन् ।
बेलायतले आफना अणुपरमाणु अस्त्रहरूलाई बंकर बनाएर राख्ने गरेको छ । तर, ती भूकम्प र ज्वालामुखीबाट भने सुरक्षित छैनन् । केवल बाहिरी आवरणमा सुरक्षित देखिएका छन् । बेलायतले यस्ता परमाणु घरहरूलाई पिण्डाकारमा सुरक्षित बंकर बनाएर राखेको देखिन्छ ।
यसको तत्कालको कारण भनेको कुनै पनि कारणले विष्फोट भएमा बाहिरी सतहमा तत्कालै प्रभाव पार्न सकिँदैन र मानिसहरूलाई बचाउन सकिन्छ । अमेरिकामा भने यदि अणु परमाणु बम विष्फोट भए भने कसरी बच्ने भनेर निकै तालिम दिने गरिएको छ पछिल्लोपटक । यसले विश्वयुद्ध फेरि पनि कुनै बेला हुने नै छ भन्ने देखाउँछ ।

(Visited 228 times, 1 visits today)
Loading comments...