बिहिवार ५ भाद्र, २०७६ (Thursday, 22nd August 2019)
५ भाद्र, २०७६ (22 August 2019)

लोकसभा निर्वाचनः मोदी कति बलिया ?

केशरमणि कटुवाल
4 months ago
13/04/2019

 


केशरमणि कटुवाल

भारतमा १७औं लोकसभाका लागि निर्वाचन सुरु भएको छ । पहिलो चरणमा बिहीबार ९१ लोकसभा सिटका लागि मतदान भएसँगै भारतमा लोकसभा निर्वाचन औपचारिक रूपमा सुरु भएको हो । विभिन्न सात चरणमा गरी १९ मेसम्म निर्वाचन हुनेछ भने २३ मेमा मतगणनासँगै आगामी सरकार कसको नेतृत्वमा बन्छ भन्ने टुंगो लाग्नेछ । पहिलो चरणको मतदानलाई हेर्ने हो भने अधिकांश क्षेत्रमा सन २०१४ को भन्दा कम मतदाता मतदानमा सहभागी भएको पाइएको छ । विहारका चार  लोकसभा सिटका लागि भएको मतदानमा ५० प्रतिशत मतदाताले मात्रै मत खसालेका छन भने ५० प्रतिशत जनता नै मतदानमा सहभागी भएनन । यसपटक सबैभन्दा बढी मतदान भएको त्रिपुरामा ८१ दशमलव ८ प्रतिशत मतदाताले मत  खसालेका छन भने पश्चिम बंगालमा ८१ प्रतिशत मतदानमा सहभागी भएको निर्वाचन आयोगले जनाएको छ । जब कि सन २०१४ को लोकसभा निर्वाचनमा त्रिपुरामा ८५ दशमलव ४ प्रतिशत र पश्चिम बंगालमा ८२ दशमलव ७ प्रतिशत मतदाताले भाग लिएका थिए । यसबाट अघिल्लो चुनावमाभन्दा कम मत खस्न सक्ने आशंका गरिएको छ ।

भाजपामा फर्किदो लहर

लोकसभा निर्वाचनभन्दा ठीक अघि गत वर्षको डिसेम्बरमा राजस्थान,  मध्यप्रदेश, छत्तीसगढसहितका राज्यमा लोकसभाको निर्वाचन सम्पन्न भयो । जसमा भाजपा भन्दा कांग्रेस बलियो देखियो । यो निर्वाचनको परिणामले भारतमा भइरहेको १७औं लोकसभाको निर्वाचनमा भाजपा नेतृत्वको एनडीएलाई कांग्रेस नेतृत्वको यूपीएले कडा टक्कर दिने संकेत मिल्यो । किनकि कांग्रेसले पछिल्लोपटक भएको निर्वाचनमा तीन विधानसभामा बहुमत हासिल गरेको थियो ।

तर, गत १४ फेब्रुअरीमा जैस–ए–मोहम्मदको आत्मघाती हमलाबाट भारत प्रशासित कश्मीरमा ४० बढी अर्धसैनिक बलका जवान मारिएपछि भारतले पाकिस्तानी भूमिमा छिरेर बालाकोटमा गरेको हमलाका कारण चुनावी समीकरणमा बदलाब आएको देखिएको छ । निकै चर्को राष्ट्रवादको नारा दिइरहको भाजपाले पाकिस्तानी भूमिलाई आधार बनाएर गतिविधि गरिरहेको जैस–ए–मोहम्मदको हमलापछि उत्पन्न तनावपूर्ण अवस्थाको फाइदा लियो र चुनावी समीकरण आफनो पक्षतिर ढल्काउन सफल भएको छ । त्यसबेला नै भारत र पाकिस्तानबीचको नियन्त्रण  रेखामा भएका यस प्रकारका गतिविधि लोकसभा निर्वाचनलाई नै लक्षित भएको आलोचना भएको थियो ।

त्यहाँका यी गतिविधिलाई भारतीय सञ्चारमाध्यमले पनि भारतको राष्ट्रियताको मुद्दा भन्दै जोडतोडले उठाए । यसको परिणामस्वरूप बहुसंख्यक हिन्दू रहेको भारतीय भूमिमा मुस्लिम समुदायमाथि आक्रोस पैदा गरायो । परिणामस्वरूप मुस्लिम समुदाय रक्षात्मक र हिन्दू समुदाय आक्रामक बन्यो । यसबाट भाजपाको हिन्दू बहुल राज्यमा रहेको भोट सुरक्षित बन्यो भने कांग्रेससहित अन्य क्षेत्रीय पार्टीलाई पनि आफनो रणनीतिमा पुनर्विचार गर्न बाध्य बनायो । जसका कारण सन २०१९ मा भाजपा पुनः सरकारमा आउँला ? भन्ने प्रश्नलाई उल्टाएर भाजपाले कति सिट जित्ला भन्नेतिर लगिदियो ।

भाजपाले जित्ला ?

पुलवामा हमलाभन्दा अघि पनि भाजपा लोकसभा निर्वाचनको दौडमा कांग्रेसभन्दा सशक्त थियो । तर, हमलापछि मोदीले लिएको नीतिबाट भाजपा कांग्रेस र अन्य क्षेत्रीय पार्टीभन्दा केही अघि देखिएको छ । यसको कारण भनेको पाकिस्तानको बालाकोटमा भारतीय पक्षले गरेको हमलाबाट पाकिस्तानलाई जवाफ दिनसक्छ भन्ने सन्देश प्रवाह हुनु हो । भारतले गत फेब्रुअरीमा बालाकोटमा गरेको हमलाको भोलिपल्टै पाकिस्तानले पनि भारतीय भूमिमा छिरेर हमला ग¥यो र लडाकु विमानका चालकलाई समेत नियन्त्रणमा लियो । लोकसभा निर्वाचनको पहिलो चरणअघि पाकिस्तानले भारतले आक्रमण गरेको भनिएको क्षेत्रमा पत्रकारलाई भ्रमण पनि गरायो र कुनै क्षति नभएको सन्देश प्रवाह गरायो । यसका बाबजुद पनि भाजपा बलियो देखियो । यसको कारण भनेको भारतमा मोदीकै जस्तो व्यक्तित्व भएको नेताको अभाव पनि हो । पुलवामा हमलापछि मोदी फेरि बलियो देखिएका छन र उनको लोकप्रियताको घटदो ग्राफमा सुधार पनि आएको छ । यद्यपि, योभन्दा फरक यदि सन २००४ मा अटल बिहारी बाजपेयीजस्ता लोकप्रिय नेतालाई कमजोर कांग्रेस र विभाजित विपक्षीले हराउँन सक्छन भने लोकप्रिय मोदीलाई सन २०१९ मा किन हराउन सक्दैनन भन्ने मत पनि जबर्जस्त उठेको पाइन्छ । सन १९९९ को लोकसभा निर्वाचन पनि कारगिल युद्धपछि भएको थियो । त्यसैले, निर्वाचनको मैदानमा उत्रिएपछि कोही पनि अजेय शक्ति हो भनेर दाबी गर्न सकिँदैन ।

जुन कुरा मोदी र भाजपालाई पनि त्यक्तिकै लागू हुन्छ । कहिलेकाहीँ चुनावी माहोल पूरा एउटाको पक्षमा देखिए पनि परिणाम त्योभन्दा फरक पनि आउँन सक्छ । किनकि, निर्वाचनका समयमा
मान्छेको हातमा एउटा झन्डा र मनमा अर्कै झन्डाले बास गरेको पनि हुनसक्छ । जस्तो कि सन २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा हिलारी क्लिन्टनले जित्ने करिब निश्चित
देखिएको थियो । उनले सोहीअनुसार मत पनि ल्याइन ।

तर, निर्वाचनको परिणाम उनको विपक्षमा गयो । तर, अहिलेको भारतको परिवेश यसभन्दा फरक भइसकेको छ । किनकि, सन २००४ को कांग्रेसको भोटको आधार अहिले परिवर्तन भइसकेको अवस्था छ । सन २००४ मा कांग्रेसले निर्वाचन लडदा ऊसँग २८ प्रतिशतभन्दा बढी भोट थियो । अहिलेको आँकडा हेर्ने हो भने उसको १९ दशमलव ६ प्रतिशत मात्रै भोट छ । उसले ६÷७ प्रतिशतसम्म भोट बढायो भने पनि उसले सयभन्दा बढी सिट जित्न कठिन हुनेछ ।

सन २०१४ को निर्वाचनमा उसले जम्मा ४४ सिट मात्रै जितेको थियो । कुनै पनि शक्तिशाली सरकारलाई हराउनका लागि सत्ताधारी पार्टीभन्दा बलियो अवश्य हुनुपर्छ र विपक्षी बलियो नभएमा सत्ताधारीलाई हराउँन सबै विपक्षी एक ठाउँमा उभिनुपर्छ । तर, अहिलेको अवस्थामा भाजपाविरुद्ध विभिन्न क्षेत्रमा मोर्चाबन्दी भएका छन तर सबै विपक्षी त्यो मोर्चामा सामेल छैनन । कांग्रेसले उत्तर प्रदेशका शक्तिशाली समाजवादी र बहुजन समाज पार्टीजस्ता बलिया शक्तिसँग महागठबन्धन निर्माण गर्न विफल भयो भने दिल्लीमा नै आमआदमीसँग गठबन्धन बनाउन सकेन । कांग्रेस एक्लैले यतिबेला भाजपालाई हराउन कठिन छ । सबै विपक्षी एकजुट भएमा पनि भाजपालाई २ सयभन्दा कम सिटमा खुम्च्याउन
कठिन छ ।

 

 

अघिल्लो निर्वाचनमा भाजपाले ४२ सिटमा ३ लाखभन्दा बढी, ७५ सिटमा २ लाख बढी, ३८ सिटमा डेढ लाख र ५२ सिटमा १ लाखको मतान्तरमा जित हासिल गरेको थियो । त्यसैले, यो निर्वाचनमा कांग्रेस र अन्य पार्टीलाई यो अन्तरको मतलाई उल्टाएर आफनो पक्षमा जित निकाल्न सहज पक्कै हुनेछैन

 


२०१४ मा फराकिलो अन्तर

सन २०१४ को लोकसभा निर्वाचनमा केही क्षेत्रमा भाजपाले ठूलो अन्तरको जित हात पार्न सफल भयो । त्यसकारण ती सिटमा यसपटक पनि विपक्षी हाबी हुन कठिन नै छ । ठूलो अन्तरको जित निकालेका क्षेत्रमा भाजपाविरोधी माहौल बन्यो र ठूलो मात्रामा नकारात्मक भोट विपक्षीलाई गयो भने मात्रै भाजपालाई हराउन सकिन्छ । गत लोकसभा निर्वाचनमा भाजपाले ४२ सिटमा ३ लाखभन्दा बढीको अन्तरमा जित हासिल गरेको थियो भने ७५ सिटमा २ लाख बढीको अन्तर थियो । यसैगरी, ३८ सिटमा डेढ लाखको अन्तर र ५२ सिटमा १ लाखको मतान्तरमा भाजपा विजयी भएको थियो । त्यसैले, यो निर्वाचनमा कांग्रेस र अन्य पार्टीलाई यो अन्तरको मतलाई उल्टाएर आफनो पक्षमा जित निकाल्न सहज पक्कै हुनेछैन । सत्तारुढ भाजपाविरुद्ध जनताको चरम निराशा र विपक्षी एकजुट भएको अवस्थामा मात्रै यो सम्भव छ । केही महिनाअघिसम्म भाजपामाथि जनताको आक्रोश बढेको
देखिन्थ्यो । तर, अहिले अवस्थामा सुधार आएको छ । त्यसैले, विपक्षीले सजिलै यी मतदातालाई आफनो पक्षमा पार्न सजिलो छैन ।

यसपटक भाजपालाई हिन्दीभाषी राज्यमा दोहोरो प्रतिस्पर्धा भएको क्षेत्रमा नोक्सानी हुने देखिन्छ । यस्ता राज्यमा भाजपाले सन २०१४ को प्रदर्शनभन्दा राम्रो गर्न चुनौती छ । जस्तो गुजरात, छत्तीसगढ, राजस्थान, हिमाञ्चल, मध्यप्रदेश, उत्तराखण्डमा परिस्थितिमा कुनै नाटकीय मोड नआएमा त्यति ठूलो नोक्सान पनि हुनेछैन । गत डिसेम्बरमा भएको विधानसभा निर्वाचनमा भाजपाले हार भोगेका मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा भाजपा त्यति धेरै कमजोर भइसकेको छैन ।

यदि गत विधानसभाको निर्वाचनको परिणामजस्तै भाजपा कमजोर नै भएको अवस्थामा अथवा भनौं विधानसभा निर्वाचनको परिणामलाई लोकसभा निर्वाचनसँग जोडने हो भने मध्यप्रदेशमा भाजपाले १८ र कांग्रेसले ११ सिटमा जित निकाल्ने अवस्था छ भने राजस्थानमा सोही अवस्थामा भाजपा १३ र कांग्रेस १२ सिटमा विजयी हुन सक्छ । छत्तीसगढमा कांग्रेस निर्णायक अवस्थामा छ भने भाजपाको पनि पुलवामा हमलापछि छवि सुधारिएको अवस्था छ । कांग्रेसले सन २०१४ को तुलनामा भोट सेयर गर्न यसपटक बढाउन ठूलो मेहनत गर्नुपर्नेछ । लोकसभाको यसपटकको निर्वाचन भारतीय जनता पार्टीले पछिल्लो पाँच वर्ष चलाएको सरकारका गतिविधिमाथिको जनमत संग्रह पनि हो । अघिल्लो चुनावमा भाजपाले जुन नारा र वाचा लिएर चुनाव जितेको थियो, तीमध्ये कति पूरा ग¥यो र कति पूरा गर्न सकेन ।

यसको लेखाजोखा मतदाताले गर्नेछन । पछिल्लो पाँच वर्षको अवधिमा भारतमा धेरै परिवर्तनहरू देखा परेका छन । राष्ट्रिय पार्टी कांग्रेसको कमान्ड सोनिया गान्धीबाट उनका छोरा राहुल गान्धीमा सम्पूर्ण रूपले सरेको छ भने धेरैजसो क्षेत्रीय पार्टीहरूमा नेतृत्व परिवर्तन र विभाजनको अवस्था आयो । बिहारको राजनीतिमा सधैं शक्तिशाली भूमिका खेल्दै आएको लालु यादव र उत्तर प्रदेशमा मुलायमसिंह यादवको परिवारमा फुटको अवस्था देखा पर्दा उनीहरूका क्षेत्रीय पार्टीमा पनि विभाजन देखियो । उत्तरी राज्यहरूमा नेतृत्व परिवर्तन र केही राज्यमा क्षेत्रीय पार्टीहरू थपिएको अवस्था छ । तमिलनाडुले यो पाँच वर्षको अवधिमा दुई ठूला नेता गुमायो । सन २०१६ मा एआईएडीएमके प्रमुख तथा मुख्यमन्त्री जयललिता र त्यहाँको राजनीतिलाई नयाँ दिशा प्रदान गर्ने करुणानिधिको निधन भयो । एआईएडीएमके दुई चिरा परेको छ भने भाजपा गठबन्धन गरेर प्रभाव पार्ने रणनीतिमा छ ।

क्षेत्रीय पार्टीमा परिवर्तन

लोकसभाको यसपटकको निर्वाचन भारतीय जनता पार्टीले पछिल्लो पाँच वर्ष चलाएको सरकारका गतिविधिमाथिको जनमत संग्रह पनि हो । अघिल्लो चुनावमा भाजपाले जुन नारा र वाचा लिएर चुनाव जितेको थियो, तीमध्ये कति पूरा ग¥यो र कति पूरा गर्न सकेन । यसको लेखाजोखा मतदाताले गर्नेछन । पछिल्लो पाँच वर्षको अवधिमा भारतमा धेरै परिवर्तनहरू देखा परेका छन । राष्ट्रिय पार्टी कांग्रेसको कमान्ड सोनिया गान्धीबाट उनका छोरा राहुल गान्धीमा सम्पूर्ण रूपले सरेको छ भने धेरैजसो क्षेत्रीय पार्टीहरूमा
नेतृत्व परिवर्तन र विभाजनको अवस्था आयो । बिहारको राजनीतिमा सधैं शक्तिशाली भूमिका खेल्दै आएको लालु यादव र उत्तर प्रदेशमा मुलायमसिंह यादवको परिवारमा फुटको अवस्था
देखा पर्दा उनीहरूका क्षेत्रीय पार्टीमा पनि विभाजन देखियो । उत्तरी राज्यहरूमा नेतृत्व परिवर्तन र केही राज्यमा  क्षेत्रीय पार्टीहरू थपिएको अवस्था छ । तमिलनाडुले यो पाँच वर्षको अवधिमा दुई ठूला नेता गुमायो । सन २०१६ मा एआईएडीएमके प्रमुख तथा मुख्यमन्त्री जयललिता र त्यहाँको राजनीतिलाई नयाँ दिशा प्रदान गर्ने करुणानिधिको निधन भयो । एआईएडीएमके दुई चिरा परेको छ भने भाजपा गठबन्धन गरेर प्रभाव पार्ने रणनीतिमा छ ।

 

क्षेत्रीय पार्टीको चुनौती

केही राज्यमा कांग्रेस र भाजपाभन्दा क्षेत्रीय पार्टी बलिया छन । उत्तर प्रदेश, बिहार, महाराष्ट्र, पन्जाब, झारखण्ड, हरियाणा, जम्मुकश्मीर र दिल्लीमा भाजपाले राम्रो परिणाम अघिल्लो चुनावमा ल्याएको थियो । यीमध्ये कतिपय राज्यमा भाजपाले क्षेत्रीय पार्टीसँग गठबन्धन गरेको थियो भने कतिपयमा विभाजित भएका क्षेत्रीय पार्टीबीच फाइदा लिएको थियो । तर, यसपटक यी क्षेत्रमा भने भाजपालाई कतिपय क्षेत्रीय पार्टीको गठबन्धन चुनौतीको विषय बन्नेछ र नराम्रो हार चखाउन पनि सक्नेछन । दिल्ली, उत्तर प्रदेश, पन्जाब, झारखण्ड, हरियाणा, महाराष्ट्र, बिहारमा गठबन्धन भएका छन । यसले प्रतिस्पर्धा
रोचक बनाउनेछ । कांग्रेसले कर्नाटक, तमिलनाडु, झारखण्ड, महाराष्ट्र र बिहारमा गठबन्धन गरेको छ । तर, भाजपालाई पूर्ण रूपमा हराउन पर्याप्त छैन । पश्चिम बंगाल, उडिसामा सन २०१४ को लोकसभा निर्वाचनमा भाजपाको मत राम्रो थिएन । यसपटक यी क्षेत्रमा विपक्षी विभाजित अवस्थामा नै रहे भने भाजपा बलियो बन्ने मौका छ । पछिल्ला केही वर्षमा भाजपा यी राज्यमा पहिलेभन्दा बलियो बन्दै गएको
सर्वेक्षणले देखाएको छ । विपक्षीले गठबन्धन बनाएको अवस्थामा भने भाजपालाई यी क्षेत्र जित्न सजिलो छैन ।

तमिलनाडु, आन्ध्र प्रदेश र तेलंगनामा भाजपाको अवस्था पहिलेको भन्दा कमजोर भएको या बलियो भएको अवस्था छैन । केरलामा भाजपाको प्रभाव बढे पनि चुनाव जित्न सक्ने अवस्था छैन । यद्यपि, यी सबै परिस्थितिलाई हेर्ने हो भने यसपटकको निर्वाचनमा मोदीको भाजपाले जित्ने सिटमा तलमाथि गराउन सके पनि सत्ताबाट नै हटनुपर्ने गरी हराउन कठिन छ ।

गुजरातको मुख्यमन्त्री हुँदै सन २०१४ मा भारी मतको जितका साथ मोदी देशको नेतृत्वमा आएका हुन । देशभित्र र बाहिर मुलुकको स्वार्थ रक्षा गर्ने सक्ने बलियो व्यक्ति मोदी नै भएको उनका समर्थकको बुझाइ छ । मोदीको पाँच वर्षे कार्यकालमा गरिबी घटदो क्रममा छ तर यो अवधिमा बेरोजगारी बढदो क्रममा छ । त्यसकारण यसलाई उचित व्यवस्थापन गर्नुपर्ने चुनौतीकाबीच फेरि नरेन्द्र मोदीको जादु चल्छ या अनपेक्षित परिणाम आउँछ भन्ने हेर्न आगामी २३ मेसम्म पर्खिनुपर्ने छ ।

एजेन्सीको सहयोगमा

 

(Visited 395 times, 1 visits today)
Loading comments...