सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

जब कलिला हात उचालिए

कमला अर्याल
1 week ago
13/04/2019

 


कमला अर्याल

अघिल्तिर ससाना केटाकेटी छमछमी नाच्दै गर्दा दर्शकदीर्घामा रहेका अभिभावक दंग देखिए । घरभित्र सीमित नानीका प्रतिभा मञ्चमै प्रत्यक्ष हेरिरहेका अभिभावक आफूलाई गौरवान्वित महसुस गरिरहेको भान हुन्थ्यो ।  आधुनिकदेखि लोक, ¥याप र चलन चल्तीका गीतमा कलिला नानी कम्मर मर्काइरहेका थिए । अभिभावकलगायत दर्शकदीर्घामा आसीन तथा आमन्त्रित अथितिसमेत उनीहरूको खुसीमा आफूलाई समाहित गराउन पुगे । नाटक, कविता, गीत, नृत्यले ‘अभिभावक दिवस’को माहोल रंगीन बनाइदियो ।
प्रसंग हो, दीपशिखा माध्यमिक विद्यालयको । ३३औं अभिभावक दिवसको अवसर पारेर उसले पुररस्कार वितरण पनि ग¥यो ।
सो कार्यक्रममा महानगरीय प्रहरी परिसर लैनचौर सोह्रखुट्टे प्रमुख डीएसपी गौतमकुमार केसीले डाक्टर, इन्जिनियर, पाइलट मात्रै नभएर देशभक्त सच्चा प्रहरी, शिक्षक तथा अन्य क्षेत्रका जनशक्ति पनि उत्पादन गर्न स्कुलसँग आग्रह गरे । दीपशिखाका विद्यार्थी हरेक क्षेत्रमा सक्षम हुनुपर्नेमा समेत उनले जोड दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश पाण्डेले विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिइरहेको बताए ।

 

 

आधुनिकदेखि लोक, ¥याप र चलन चल्तीका गीतमा कलिला नानी कम्मर मर्काइरहेका थिए । अभिभावकलगायत दर्शकदीर्घामा आसीन आमन्त्रित  अथितिसमेत उनीहरूको खुसीमा आफूलाई समाहित गराउन पुगे

 

सोही अवसरमा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरियो । २०३६ सालदेखि अनवरत रूपमा सेवा पु¥याउँदै आएको दीपशिखा विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
समाजमा आफ्नो सम्मानजनक स्थान बनाउन सफल भएका छन् । यस विद्यालयबाट उत्तीर्ण भएर गएका सयौं विद्यार्थी आ–आफ्नो पेसामा रहेर डाक्टर, इन्जिनियर, पत्रकार, प्रोफेसर, प्रशिक्षक, कन्ट्री म्यानेजर, उद्यमी, व्यवसायी आदिका रूपमा देश तथा विदेशको विभिन्न क्षेत्रमा सेवा पु¥याइरहेका छन् ।
विद्यालयले केवल किताबी ज्ञानलाई मात्र जोड नदिई विद्यार्थीको व्यक्तित्वको विकास गर्ने र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने क्षमताको विकास गर्ने काममा पनि विशेष जोड दिँदै आएको विद्यालयका प्रिन्सिपल दीपक गुरुङले बताए ।
विद्यालयले विद्यार्थीको बौद्धिक, मानसिक, सामाजिक, शारीरिक विकासमा लागि आवश्यक विभिन्न (अतिरिक्त क्रियाकलाप) आयोजना गरेर उनीहरूलाई अनिवार्य सहभागी गराउँदै आएको छ । विद्यार्थीलाई खेलकुद, साहित्यिक कार्यक्रम, हाजिरी जवाफ, वादविवाद, कविता गोष्ठी, चित्रकला, संगीत–नृत्य, करातेलगायतका गतिविधिमा अभ्यास गराइनुका साथै विभिन्न प्रतियोगितामा पनि विद्यार्थी पुरस्कृत
भएकै हुन्छन् ।

बालमैत्रीपूर्ण वातावरणमा तालिमप्राप्त शिक्षकहरूद्वारा सुव्यवस्थित रूपमा अध्यापन गराइन्छ । विद्यार्थीको चौतर्फी विकासका लागि खेलकुद, नृत्य–संगीत, हाजिरीजवाफ, कविता, गोष्ठी, स्पेलिङ कन्टेस्ट, कराते, चित्रकलाको अभ्यास तथा प्रतियोगिता गराइन्छ ।
तालिमप्राप्त शिक्षकद्वारा हस्तलेखन अभ्यास गराई उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरि“दै आएको छ । विद्यार्थीलाई सभ्य, सुशील, अनुशासित र चरित्रवान् बन्ने प्रेरणाद्वारा अभिप्रेरित गराउने भएको छ ।
शैक्षिक भ्रमण, वनभोज आयोजना गरेर व्यक्तिगत तथा सामाजिक विकास प्रयास गरिएको छ । विद्यालयले हस्तकला, सिलाइ बुनाइजस्ता सिर्जनात्मक अभ्यासमा निरन्तरता दिई ‘आफ्नो काम आफैं गरौं’ भन्ने भावना विकास गराएको छ ।
२०५१ सालदेखि २०७३ सालसम्म उत्कृष्ट नतिजा ल्याई विशिष्ट र प्रथम श्रेणीमा उत्तीर्ण विद्यार्थीलाई ‘न्यमिः भमबद्वि’द्वारा विभूषित गरिने व्यवस्था छ । विभिन्न छात्रवृत्ति स्थापना गरेर टुहुरा, गरिब तथा जेहेन्दार विद्यार्थीलाई पनि सहयोग पु¥याउँदै आएको छ ।

 

(Visited 14 times, 1 visits today)
Loading comments...