मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

दस वर्षदेखि लेख्या लेख्यै

शुभाकर विश्वकर्मा
3 months ago
13/04/2019


शुभाकर विश्वकर्मा

दस वर्ष बितिसकेछ, ‘खसिया आखर’ शब्दकोश लेख्न थालेको । तर, अझै सकिएको छैन । ‘आर्थिक समस्याका कारण शब्दकोशले पूर्णता पाउन सकेको छैन,’ २०६५ सालमा कोश लेखन थालेका भाषाविद् रमानन्द आचार्य भन्छन्, ‘एक्लै शब्द खोज्नु कि अथ्र्याउनु, निःशुल्क सहयोग गर्ने कोही छैनन्, अशक्तताका कारण आर्थिक सहयोग जुटाउन सकिरहेको छैन ।’
हजार पृष्ठ लामो ४० हजारभन्दा बढी ‘खसिया आखर’ शब्द अटाउने गरी शब्दकोश लेखिरहेका छन्, उनी । अहिलेसम्म २५ हजार शब्द संकलन गरिसकेको उनले बताए । कर्णालीका झर्रा खस शब्द मात्र समेटिने शब्दकोष आर्थिक अभावकै कारण सुस्त गतिमा लेखन हुँदै छ । ‘बजेट नहुँदा शब्दै संकलन गर्न बाँकी छ,’ सम्पादक आचार्य विवशता सुनाउ“छन्, ‘भएका शब्द पनि कम्प्युटर टाइपिङ भएका छैनन् ।’
जुम्ला सिञ्जा उपत्यकाबाट उत्पत्ति भएको लोपोन्मुख ‘खसिया आखर’ संरक्षणकै खातिर शब्दकोश लेखनी थालिएको हो ।

तत्कालीन जिल्ला विकास समिति र शब्दकोश आचार्यसहित जुम्ली अगुवाको पहलमा २०६५ सालदेखि शब्दकोश लेख्न सुरु गरिएको थियो । शब्द संकलन तथा लेखनका लागि तत्काल पाँच सदस्यीय टोलीसमेत गठन गरियो । जसमा गणेश चौलागाईं, हरिशरण आचार्य, प्रकाशचन्द्र खत्री र हरिबाबु चौलागाईं
सदस्य थिए । तत्कालीन स्थानीय विकास अधिकारी तिलक पौडेलले शब्दकोश लेखन सुरु गर्न आचार्यलाई उत्साहित बनाएका थिए । पछि, अर्का स्थानीय विकास अधिकारी कृष्णचन्द्र घिमिरेको सहयोगमा कार्य निरन्तर अघि बढिरह्यो ।

कर्णाली प्रदेशको प्रमुख केन्द्र सिञ्जा नेपाली खस भाषाको उद्गम थलो मानिन्छ । यही“बाट सुरु खस भाषा नेपाली भाषाका रूपमा विकास भएको हो । जुम्लालगायत कर्णाली क्षेत्रमा बालबालिकादेखि बूढापाकासम्म खस भाषा बोल्नछन् । तर, युवा पुस्तामा खष भाषाप्रति आकर्षण भने उत्ति देखि“दैन ।
जुम्लामा पनि विभिन्न स्थानमा फरक शैलीमा यो भाषा बोलिन्छ । चार दरा रहेको जुम्लामा सिञ्जा दरामा खस साम्राज्य भएको बेला बोलिने भाषा हो, यो । धने पान सय दरामा आउने ब्राह्मण, क्षेत्री र कामीको बाहुल्य रहेको ठाउँमा अलि फरक शैलीमा बोलिन्छ । असी दरा अर्थात् अहिलेको सदरमुकाम रहेको आसपासमा केही परिष्कृत खस भाषा रहेको छ भने चौधबिस दरामा तिब्बती भाषास“ग खस प्रभावित छ । यही फेरामा खस भाषाको शब्दकोश लेखि“दै छ ।

 

 

कर्णालीका झर्रा खस शब्द मात्र समेटिने शब्दकोश आर्थिक अभावकै कारण सुस्त गतिमा लेखन  हु“दै छ । हजार पृष्ठ लामो ४० हजारभन्दा बढी ‘खसिया आखर’ शब्द अटाउने गरी शब्दकोश  लेखनी जारी छ । अहिलेसम्म २५ हजार शब्द संकलन भएका छन्

१८४६ सालपूर्व शक्तिशाली ‘खस’ राज्यको पहिचान विलय हुन नदिन र यहाँको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पुराताŒिवक महŒव जीवन्त राख्न शब्दकोशले सहयोग पु¥याउने विश्वास गरिएको छ । तर, अहिले न त समिति सक्रिय छ, न शब्दकोशका लागि आर्थिक सहयोग नै । सहयोग नहुँदा पूर्णता दिने जिम्मेवारी सम्पादककै थाप्लोमा आएको छ ।
उमेरले ७२ वर्ष नाघेका आचार्य दैनिक आधा घण्टा हि“डेर कार्यालय पुग्छन् । बिहान घरमा खाएको खानाकै भरमा दिनभर व्यस्त रहने उनलाई कार्यालयमा पानी दिने सहयोगीसमेत छैन । आफू बाँचुन्जेल आफ्नै हातबाट शब्दकोश प्रकाशन गर्ने उनको धोको छ । नत्र, शब्दकोश लेखनकार्य नै अधुरै रहनेमा उनी चिन्तित छन् ।

‘विदेशी नक्कलले आफ्नै मातृभाषा हराउँदै छ, खस भाषा अहिले कथ्यका रूपमा मात्रै रहेको छ,’ उनी चिन्तित देखिए, ‘यसलाई संरक्षण र लिपिबद्ध गर्न खसिया आखर शब्दकोश निर्माण हुन लागेको हो ।’
लेखक तथा सम्पादक आचार्य जीवनको उत्तरार्धमा नयाँ पुस्तालाई महŒवपूर्ण कोसेली छोड्न अहोरात्र खटिएर काम गरेको बताउ“छन् । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले यसलाई पूर्णता दिन सबै स्थानीय तहमा पहल गर्ने विश्वास दिलाएका छन् ।


शब्दकोशमा तत्कालीन खस राज्य सिञ्जा उपत्यकाभित्र र त्यसवरपर बोलिने भाषामा प्रयोग हुने शब्द संकलन गरिएका छन् । संकलनका लागि भाषाविद् आचार्य टोली डोल्पा तलिभोटान, कालीकोट रासकोट भेक, मुगु तथा हुम्लाका विभिन्न गाउ“ घुमिसकेको छ । पुराना खस शब्द संकलनमा भने सिञ्जाका स्थानीय संस्कृतिसम्बन्धी जानकार तुंगानाथ उपाध्यायले सहयोग गरे । खस शब्द संकलनका लागि जुम्लाका सिञ्जा, पाँचसय, चौधबिस र असी भेक केन्द्रबिन्दु बनाइएको छ ।

पहिलोपटक खस भाषामा लेख्न लागिएको  ‘खसिया आखर’को पाण्डुलिपि तयार हुँदै छ भने शब्द पुनरावलोकन कार्य अन्तिम चरणमा पुगेको आचार्य सुनाउ“छन् । यसमा पहिलो असी दराली भाषिकाका उपभाषिकाभित्र असीदरा, पाँचसय दरा, सिञ्जा दराका भाषाका शब्द राखिएका छन् । दोस्रोमा तिब्रिकोटी भाषिकाभित्र चौधबिस दरा र डोल्पाका भाषा छन् । तेस्रोमा रास्कोटी भाषिकाभित्र कालीकोटमा बोलिने
भाषा छन् । चौथोमा मुहु भाषिकाभित्र मुगु र हुम्ला जिल्लाभित्र बोलिने भाषा समावेश गरिएको छ । संकलित शब्दमध्ये ‘अ’ देखि ‘न’ वर्णसम्मका सबै शब्द ‘कम्प्युटराइज्ड’ गरिसकिएको छ भने बाँकी शब्द
‘कम्प्युटराइज्ड’ गर्न चन्दननाथ नगरपालिकाले चालू आर्थिक वर्षमा दुई लाख विनियोजन गरेको छ । बाँकी ‘प’ देखि ‘ज्ञ’सम्मका वर्णबाट आउने शब्द ६ महिनामा सक्ने लक्ष्य लिइएको छ ।

तत्कालीन जिल्ला विकास समिति जुम्लाको अगुवाइमा शब्दकोश लेखन प्रारम्भ भएको हो । संघीयतापछि भने जिविस जिल्ला समन्वय समितिमा रूपान्तरण भएपछि भने शब्दकोश लेखन सुस्ताएको छ । यसलाई जसरी पनि पूर्णता दिने पक्षमा आचार्य र सरोकारवाला अघि बढेका छन् । जिससमा साबिकको जिविसजस्तो आर्थिक अधिकार छैन त्यसैले अहिले जिल्लामा रहेका आठ स्थानीय तहलाई आर्थिक सहयोगका लागि गुहार्नुको विकल्प नरहेको जिल्ला समन्वय समिति जुम्ला प्रमुख लालबहादुर सार्की बताउ“छन् । उनका अनुसार शब्दकोश प्रकाशनका लागि जिल्ला समन्वय समितिमार्फत नगरपालिका र गाउँपालिकामा बजेट प्रस्ताव गरिएको छ ।

 

(Visited 61 times, 1 visits today)
Loading comments...