मंगलवार ३ आषाढ, २०७६ (Tuesday, 18th June 2019)
३ आषाढ, २०७६ (18 June 2019)

मोक्ष र यशका लागि छेडियो जिब्रो

रुद्र सुवेदी
2 months ago
14/04/2019

 

नेपालगन्ज । वागेश्वरी मन्दिरमा हिन्दू धर्माबलम्बीले यक्ष र मोक्ष पाउने आशामा रामनवमीको अवसरमा जिब्रो छेड्ने परम्परा चलिआएको छ । जिब्रो छेडेर देवी दर्शन गर्दा यश र मोक्ष प्राप्त हुने मान्यतामा वर्षौंदेखि जिब्रो छेडेर दर्शन गर्ने चलन चलिआएकाले यो वर्ष पनि धेरै संख्यामा हिन्दू धर्माबलम्बीले वागेश्वरी मन्दिरमा जिब्रो छेडेका छन् ।

चैते दसैंै सुरु हुने परेवाको दिनदेखि नै निराहर ब्रत बसेका पुरुषले भाकल पूरा गराउन वा पूरा भएपछि वाक्यकी देवी वागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि नै चलिआएको हिन्दू धर्मगुरु तथा वागेश्वरी मन्दिरका पुरोहित हरिहरनाथ योगीले जानकारी दिए ।

‘मेरो यो काम पूरा होस् भनेर भाकल गरेकाको इच्छा पूरा भएपछि जिब्रो छेड्ने गरिन्छ तर भाकल सामाजिक भलो हुने तथा सकारात्मक कुराको हुनुप¥यो,’ उनले भने, ‘अरुलाई हानी हुनेखाले भाकल भने पूरा हुनै सक्दैन । त्यसैले यहाँ जिब्रो छेडेर दर्शन गर्नेको भिड रहन्छ ।’

नवरात्रको ब्रत बसेका ब्रतालु नवमीका दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले (त्रिशूल) छेडेने परम्परा रहेको छ । हरेक वर्ष करिब १ सय ५० बढी धर्मावलम्बीले जिब्रो छेड्ने गरेका छन् ।

यहाँ जिब्रोसमेत काटेर मातालाई चढाउने गरिएको स्थानीय बताउ“छन् । तर, जिब्रो काट्दा केही दुर्घटना हुनसक्ने भएकाले रोक लगाइएको छ । जिब्रो काटेर चढाउनेको जिब्रो पलाएको दाबीसमेत पुरोहित योगीले गरे ।

वडा दसैंभन्दा पनि चैते दसैं अर्थात् रामनवमीका दिन जिब्रो छेड्नेको संख्या बढी हुन्छ । हिन्दू धर्माबलम्बी नेपालगन्ज वागेश्वरी मन्दिरमा वडा दसैंै र चैतै दसैंमा वाक्यकी देवी वागेश्वरीलाई जिब्रो छेडेर दर्शन गर्दा मोक्ष पाइने विश्वास गर्छन् ।

त्रिशुल लिएर थरथरी काँपी रहेका बर्दिया गिजराका ७५ वर्षीय खेलावन महावतले जिब्रो छेडेर वागेश्वरी मन्दिर परिक्रमा गर्दै दर्शन गरे । उनले आफू सानै उमेरदेखि निरन्तर चैते दसैंको रामनवमीमा ब्रत बसेर जिब्रो छेड्दै आएका छन् ।

‘म सानै छँदा बुबा र काकास“ग मन्दिरमा आएको थिए“, उहाँहरूले छेडेको देखेर मलाई पनि छेड्न मन लाग्यो त्यतिबेलादेखि अहिलेसम्म निरन्तर जिब्रो छेड्दै आएको छु,’ उनी भन्छन्, ‘विरामीका कारण वडा दसैंमा जिब्रो छेडेर माताको दर्शन गर्न आउन सकिन“ ।’

रामनवमीमा निराहार ब्रत बसेर नवमीको दिन वागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमारी नहुने, सम्पत्ति रक्षा हुने, यश र मोक्ष पाइने धार्मिक विश्वास रहेकाले जिब्रो छेड्ने चलन परापूर्वकालदेखि नै चल्दै आएको मान्यता छ । नेपालगन्जमा रहेको वागेश्वरी मन्दिरमा हरेक वर्ष जिब्रो छेडने परम्परा नै बनिसकेको छ ।

खासगरी अवधि र केही थारु समुदायका व्यक्तिले वडा दसंै र रामनवमीमा नौ दिनसम्म निराहार ब्रत बसेर जिब्रो छेड्दा घरमा दुःख विमार नलाग्ने, सम्पत्ति रक्षा हुने यशमोक्ष पाइने धार्मिक कथनअनुसार सानैदेखि जिब्रो छेड्ने गर्छन् ।

जिब्रो छेड्ने हरेक वर्ष घरपरिवारको सुःख, शान्ति, स्वस्थ्यका साथै धन आर्जन गर्न विशेष भाकल र त्यो पूरा गर्न दसैंै सुरु हुने दिनदेखि निराहर ब्रत बसेर नवमीको दिन पाँँच पटकसम्म जिब्रो छेड्ने गर्छन् । जिब्रो छेड्दा रगत भने देखि“दैन । छेड्न एउटै धातु सियो प्रयोग गर्ने र छेडिसकेपछि पानको पात चबाउने गर्छन् । यसले ‘इन्फेक्सन’ नहुने विश्वास छ ।

 

(Visited 13 times, 1 visits today)
Loading comments...