सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

बुढाबुढीको भलो चिताउने सरकारले यसपाली बृद्धभत्ता बढाउछ : प्रधानमन्त्री

राजधानी समाचारदाता
1 week ago
14/04/2019

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी बजेटमा बृद्धभत्ता बढाउने घोषणा गरेका छन् ।
ज्येष्ठ नागरिक स्वास्थ्यविमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौं बैंक खाताअभियान कार्यक्रमको उद्ध्घाटन गर्दै प्रधानमन्त्रीओलीले सो घोषणा गरेका हुन् ।

‘यो बुढाबुढीको भलो चिताउने सरकार हो’ प्रधानमन्त्री ओलीले भने ‘यसपालीको बजेटमा बृद्धभत्ता बढ्छ । ढुक्क भए हुन्छ ।’ प्रधानमन्त्री ओलीले २०५१ सालमा तत्कालिन एमालेको सरकारले वृद्ध भत्तावितरण सुरु गरेपछि नेपालीहरुमा बाँच्ने मनोविज्ञान बढेको बताए । ‘पहिला पहिला बुढाबुढीहरु कतिबर्ष पुग्नुभयो भन्दा ६८ बर्ष पुगियो । अब कति बाचिएला र भन्थे’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यतिबेला बृद्धभत्ता पाउन अब दुई बर्ष बाँकी छ भन्छन् । बृद्धबृद्धाहरुमा जीवनप्रतिको आशा बढेको छ ।”

प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारको ध्यान पुगेको बताएका छन् । प्रधानमन्त्री ओलीले कसैले भोकै नांगै बस्नु नपर्ने, मागेर खानु नपर्ने बताए । त्यस्तो अवस्थाका असाहयको साहारा सरकार हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले स्वास्थ्य विमा कार्यक्रमले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारमा ठुलो भर थेग गर्ने धारणा राखे । ‘हामी नेपाललाई केही बर्ष भित्रै निरोगी नेपाल,स्वास्थ्य नेपाल बनाउदैछौं ’प्रधानमन्त्री ओलीले भने ‘यसका लागि हाम्रो खानपानलाई विषादी रहित बनाउनु पर्दछ ।’

प्रधानमन्त्री ओलीले केही ज्येष्ठ नागरिकहरुलाई कार्यक्रममा स्वास्थ्य विमा कार्ड वितरण गरेका छन् । यसैगरी कार्यक्रममा प्रधानमन्त्रीका पिता मोहन प्रसाद ओली र सासु धनमाया शाक्यले बैंक खाता खोलेका छन् ।

(Visited 80 times, 1 visits today)
Loading comments...