सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

विप्लव नेकपाका पोलिटब्युरो सदस्य कार्कीलाई संखुवासभा लगियो

भविन कार्की
1 week ago
14/04/2019

संखुवासभा । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की (जीवन्त) लाई संखुवासभा ल्याइएको छ ।

पोलिटब्यूरो सदस्य कार्कीलाई मंगलबार संखुवासभा ल्याइएको स्रोतले बताएको छ ।

ललितपुर बाट पक्राउ परेका कार्की लाई रिहा भए लगत्तै संखुवासभा ल्याइएको बताइएको छ ।

उनलाई हातहतियार तथा खरखजना संगठित अपराध अन्र्तरगतको मुद्दा दर्ता भएको स्रोतको भनाइ छ । उनलाई २०७६ बैशाख ३ गते सम्मको म्याद थप गरिएको बताइएको छ ।

गत चैत्र १३ गते काठमाडौंबाट पक्राउ परेको जिल्ला इन्र्चाज देव गुरुङ र जिल्ला सदस्य सुनिता किरातीलाई सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनामा विष्फोट गराएको आरोप छ ।

प्रहरीले संखुवासभाका विभिन्न स्थानबाट विप्लवका ९ जना नेता कार्यकता पक्राउ गरेको बताइएको छ ।

(Visited 82 times, 1 visits today)
Loading comments...