मंगलवार ३ आषाढ, २०७६ (Tuesday, 18th June 2019)
३ आषाढ, २०७६ (18 June 2019)

विप्लव नेकपानिकट विद्यार्थी नेता बस्याल पक्राउ

राजधानी संवादाता
2 months ago
14/04/2019

नवलपरासी । प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटबाट विद्यार्थी नेता रमेश बस्याललाई पक्राउ गरेको छ ।

आइतबार विहान घर खाना खान निस्केको बेला उनलाई पक्राउ गरेको हो । उनी प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीका विद्यार्थी संगठनका नवलपरासी जिल्ला अध्यक्ष हुँदै पार्टी विभाजन वैद्य नेतृत्वको नेकपा माओवादी हुँदै विप्लव नेतृत्वको नेकपामा आवद्ध भएर राजनीतिमा आवद्ध थिए ।

पछिल्लो समय राजनीतिकमा कमै सक्रिय रुपमा लागेका उनी नेकपाका जिल्ला सदस्य समेत थिए । उनलाई प्रहरीले यस अघि पनि निर्वाचन वहिस्कारको समय ताका पनि निगरानीमा राखेको थियो ।

ओली नेतृत्वको सरकारले विप्लवको पार्टी नेकपालाई प्रतिबन्ध लगाएपछि विप्लवका अधिकांश नेता कार्यकर्ता भूमिगत भए पनि बस्याल भने खुल्ला रुपमा बर्दघाटमै आफ्नै घर बस्दै आएका थिए ।

उनलाई बर्दघाट बजारबाट नजिकैको घर खाना खान जाने क्रममा पक्राउ गरेको हो ।

(Visited 87 times, 1 visits today)
Loading comments...