सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

नाइट बारबाटै पक्राउ परे १२ जना नेपाली महिला

राजधानी समाचारदाता
1 week ago
14/04/2019

काठमाडौं । अफ्रिकी मुलुक केन्यामा प्रहरीले १२ जना नेपाली महिला पक्राउ परेका छन् ।

मानव तस्करीबाट केन्या पुर्याइएका ठानिएका ती महिलालाई प्रहरीले एक नाइट क्लबमा छापा मारेर पक्राउ गरेको हो ।

केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारमा प्रहरीले शनिबार छापा मार्ने क्रममा क्लब मालिक आसिफ अलिराली इलिभाइ जेजेठासँगै १२ नेपाली महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले छापा मार्दा महिलाहरुले मनोरञ्जन प्रदान गरिरहेको भेटिएको मोम्बासाका डेपुटी पुलिस कमाण्डेन्ट जोसेपले स्थानीय ‘एनटीभी’ लाई बताएका छन् । उनीहरुलाई कसरी केन्या पुर्याइयो भन्ने प्रष्ट भएको छैन । केन्या प्रहरीले यौन व्यवसायका लागि मानव तस्करीमा कडाई गरेको छ ।

(Visited 1,151 times, 2 visits today)
Loading comments...