सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

दलित समुदायको पेसा संकटमा

राजधानी समाचारदाता
1 week ago
15/04/2019

 

उदयपुर। बजारमा पाइने आधुनिक सामानसँग प्रतिस्पर्धा गर्न नसक्दा दलित समुदायको परम्परागत घरेलु हतियार बनाउने पेसा लोप हुने अवस्थामा पुगेको छ । बजारमा पाइने विभिन्न किसिमको सामानसँग प्रतिस्पर्धा र बजार अभाव तथा कम मूल्यलगायतका कारण दलित समुदाद्वारा घरेलु आरनमा हतियार हँसिया, खुकुरी, बन्चरो, तरबारलगायतका हातहतियार बनाउने पेसा लोप हुने अवस्थामा पुगेको हो ।

विशेष गरी विश्वकर्मा जातिले बनाउने यस्ता सीपमूलक घरेलु हतियार बनाउने पेसा बजारमा सस्तो मूल्यमा हतियार पाइने भएकाले पेसा नै लोप हुन थालेको वर्षांैदेखि आरन पेसा अँगालेका त्रियुगा नगरपालिका–३, चाँपका पुरने कामी बताँउछन् ।

हातहतियार बनाउन निकै मेहेनत र समय लाग्ने भए पनि मिहिनेतअनुसारको मूल्य नै नपाएपछि पेसा नै परिवर्तन गर्नुपर्ने अवस्थामा आएको व्यवसायीको भनाइ छ । माग पनि कम हुने र पुरानै मूल्यमा बिक्रीवितरण गर्नुपर्ने भएकाले पनि यो पेसाबाट फाइदा नभएको स्थानीय आरन व्यवसायी डमरे कामीले बताउँछन् ।   कतिपय ठाँउमा बालीघरे प्रथा अझै पनि कायमै रहेकाले वर्षभरि चाहिने हातहतियार बनाइदिएर अन्नपात उठाउनुपर्ने झन्झट, समयमा पैसा नपाइने आदि कारणले पनि पेसा परिवर्तन गर्नुपरेको आरन छोडी अन्य पेसामा लागेका कान्छा कामी बताउँछन् ।

सरकारले बजारीकरणको व्यवस्था, आधुनिक प्रविधि सहयोग साथै सीप विकासमा सहयोग गरे आफूहरूको पेसा संकटमा पर्दैनथ्यो, पुख्र्यौली आरन पेसा पनि लोप नहुने आरन व्यवसायीहरूको भनाइ छ । त्यस्तै, आज काल खुकुरी र बन्चरो धार लगाउँनका लागि आफंैले हार्डवेयर पसलबाट रेती खरिद गरी आफैंले लगाउनाले पनि यो पेसा संकटमा परेको पूर्वआरन पेसाकर्मी कान्छा कामीको भनाइ रहेको छ ।

धान काट्ने हसियाँबाहेक केही पनि आरनमा बनाउँन, मर्मत गर्न आउँदैन । कहिलेकाहीँ आक्कलझुक्कल बन्चरोसम्म आउने गरेको पुरने कामीले बताए ।

पुरने कामीका अनुसार पहिलेपहिले धेरै खेतबारीमा धान मकै हुनेले हँसिया धार लगाउन, दाउँरा काट्न बन्चरो र खुकुरीको प्रयोग गर्दथ्यो तर अहिले परम्परागत खेती छोडएकाले पनि पेसा संकटमा परेको हो ।

 

(Visited 12 times, 1 visits today)
Loading comments...