मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

मनाङ अहमवाद प्रस्थान

राजधानी समाचारदाता
3 months ago
15/04/2019

 

काठमाडौं । ‘ए’ डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब एएफसी कप २०१९ का लागि आइतबार भारतको अहमवाद प्रस्थान गरेका छन् ।

आइतबार अहमवाद प्रस्थान गरेको मनाङ सुरुमा दिल्ली हुँदै खेल स्थल गुजरात अहमवादमा पुग्नेछ । एएफसी कपको दोस्रो खेलमा नेपालले इन्डियन सुपर लिग (आईएसएल) च्याम्पियन चेन्नायिन एफसीसँग खेल्ने तालिका छ ।

नेपाल र चेन्नाईबीचको खेल १७ अप्रिलमा उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ । होम एन्ड अवेको आधारमा हुने लिगको विजेताले इन्टर जोन प्ले अफको सेमिफाइनलमा स्थान बनाउनेछ ।

मनाङको समूहमा चेन्नायिन, मिनेर्भा पन्जाब र ढाका अवहानी लिमिटेड रहेको छ । मनाङ पहिलो खेलमा बंगलादेशको अवहानी लिमिटेडसँग घरेलु मैदानमा १–० ले पराजित भएको थियो ।

 

(Visited 17 times, 1 visits today)
Loading comments...