सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

लनटेनिसमा एपीएफलाई दुई स्वर्ण

राजधानी समाचारदाता
1 week ago
15/04/2019

नेपालगन्ज ।रूपन्देहीमा जारी आठांै राष्ट्रिय खेलकुदअन्र्तगत लन टेनिसमा एपीएफ क्लबले दुई स्वर्ण थपेको छ । देवीनगरस्थित लन टेनिस कोर्टमा आइतबार भएको महिला युगल र पुरुष युगलमा एपीएफले स्वर्ण जितेको हो ।

महिला युगलको फाइनलमा एपीएफकी सलोनी तामाङ र अस्लेशा लिसानोभिचको जोडीले प्रेरणा कोइराला र ऐनी माथेमाको जोडिलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारेको हो । यसैगरि नेपाली सेनाकी अभिलाषा विष्ट र ईरा रावत तथा गण्डकी प्रदेशकी श्रेया भट्टराई र रोजिता बुद्धाचार्यको जोडीले कास्यमा चित्त बुझाइन् ।

यसैगरी, पुरुष युगलमा एपीएफका आईभन लिसानोभिच र जितेन्द्र परियारको जोडीले गण्डकीका प्रदीप खड्का र नवीन मगरको जोडीलाई ६–२ र ६–४ को सोझो सेटमा पराजित गर्दै स्वर्ण जिते । धर्म लामिछाने र अनिल शाही तथा छेवाङ लामा र सन्तोष खत्रीको जोडीले कांस्य पाए ।

पुरुष एकलतर्फको सेमिफाइनलमा एनआरएनका संरक्षणभूषण बज्राचार्यले एपीएफका सन्तोष खत्रीलाई ६–०, ६–३ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरे । आर्मीका प्रनव खनालले गण्डकीका प्रदीप खड्कालाई ६–३, ७–५ को सेटमा पराजित गर्दै फाइनलमा संरक्षकसँगको भेट पक्का गरे । महिला एकलतर्फ आर्मीकी अभिलाषा विष्टले प्रदेश नं. ३ का रायना शाहलाई ६–२, ६–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरिन् । प्रेरणा कोइरालाले नेपाली सेनाकी ईरा रावतलाई ६–०, ५–७ र ६–२ को जित निकाल्दै फाइनलमा प्रवेश गरेका छन् ।

 

(Visited 7 times, 1 visits today)
Loading comments...