सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

दुर्गा धनगढी हाफ म्याराथन च्याम्पियन

दीपक ओली
1 week ago
15/04/2019

 

धनगढी। जुम्लाका दुर्गाबहादुर बुढा धनगढी हाफ म्याराथन २०७६ को च्याम्पियन बनेका छन् । नया“ वर्षको अवसरमा धनगढी जेसिजले आयोजना गर्दै आएको ‘अब धनगढी दौडिन्छ’को छैटौं संस्करणको उपाधि दोस्रोपटक दुर्गाले हात पारेका हुन् ।

उनले निर्धारित २१ दशमलव १ किलोमिटरको दूरी १ घण्टा ७ मिनेट ८ आठ दशमलव ३५ सेकेन्डमा पूरा गरे । धनगढी हाफ म्याराथुनको उपाधि कब्जा गर्ने बुढा जुम्लामा हरि रोका फाउन्डेसनले सञ्चालन गरेको कर्णाली क्लबका धावक हुन् । आर्मीका होमलाल श्रेष्ठ दोस्रो तथा आर्मीकै खगेन्द्र भाट तेस्रो भए ।

होमलालले १ घण्टा ९ मिनेट ४७ दशमलव ३९ सेकेन्डमा तथा खगेन्द्रले १ घन्टा १० मिनेट ५ दशमलव १३ सेकेन्डमा निर्धारित दूरी पार गरे । उपाधिसँगै बुढाले नगद ५५ हजार ५ सय ५५ नगद प्राप्त गरे । दोस्रो भएको होमले ३३ हजार ३ सय ३३ रुपैयाँ तथा भाटले २२ हजार २ सय २२ रुपैयाँ पाए ।

कर्पोरेटतर्फको पा“च किलोमिटरमा शरद चौधरी प्रथम, भीमबहादुर चौधरी द्वितीय र पारस सोनी तृतीय भए । उनीहरूले क्रमशः ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ नगद पुरस्कार प्राप्त गरे ।

हरेक वर्ष नया“ वर्षको दिन आयोजना गरिने धनगढी दौडिन्छ, हाफ म्याराथन यस वर्ष नवजीवन सहकारी संस्थाले प्रायोजन गरेको थियो । हाफ म्याराथनको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

 

 

(Visited 5 times, 1 visits today)
Loading comments...